१६ साउन, कोहलपुर । साम्प्रदायिक हिंसा तथा दंगामा ज्यान गुमाएका दिवंगत आत्माहरूको स्मृतिमा तथा धार्मिक सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने उद्देश्यले काेहलपुरमा दीप प्रज्वलन गरिएकाे छ ।
बेटर बाँकेको आयोजनामा कोहलपुर-११ स्थित न्यूरोड चोकमा शनिबार विभिन्न धर्म, समुदाय, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा दिप प्रज्वलन गरीएकाे हाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सहभागीहरूले दीप प्रज्वलन गर्दै हिंसाको अन्त्य, शान्ति, एकता र सामाजिक सद्भाव कायम राख्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

अनौपचारिक भेटमा बेटर बाँकेका अध्यक्ष संजय मण्डलले धार्मिक विविधता नेपालको सुन्दर पहिचान भएको उल्लेख गर्दै कुनै पनि प्रकारको साम्प्रदायिक द्वेष वा हिंसाले समाजलाई कमजोर बनाउने बताए। उनले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहकार्यलाई अझ सुदृढ बनाउँदै शान्तिपूर्ण समाज निर्माणमा सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले “हिंसा होइन, सद्भाव” भन्ने सन्देशसहित मौन श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक एकता र आपसी सद्भाव प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
१६ श्रावण २०८३, शनिबार २०:४६ प्रकाशित