सेफ्टिट्याङ्कीमा फसेका तिन मजदुरकाे मृत्यु
  • काँचुली खबर

१३ साउन, काेहलपुर। बाँकेको कोहलपुर नगरपालिका-३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ।

बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र पसेका तीन जनाकाे मृत्यु भएकाे हाे । उनिहरू बिहान ९ बजे सेफ्टिट्याङ्कीमा फसेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

इलाका प्रहरी कार्यालय काेहलपुरका अनुसार जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ का करिब ४२ वर्षीय कालु थारु, २७ वर्षीय प्रकाश थारु र ३४ वर्षीय बिर्जा थारु रहेका छन्।

घटनाको कारणबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाईएकाे प्रहरीले जनाएको छ।

  • १३ श्रावण २०८३, बुधबार १७:४१ प्रकाशित
  • Nabintech