६ साउन, कोहलपुर । भूमि अधिकार र किसान मुक्तिका लागि आफ्नो जीवन समर्पण गरेका सहिद गुम्रा थारुको ६६औँ स्मृति दिवस मनाउदै आज कोहलपुरमा उनलाई स्मरण गरिएको छ। किसान आन्दोलनका अग्रणी योद्धाका रूपमा परिचित गुम्रा थारुले सामन्ती शोषण र अन्यायविरुद्ध संघर्ष गर्दै किसानहरूलाई संगठित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कार्यक्रमका बक्ताहरुले बताएका छन ।
गुम्रा थारु स्मृति कृषि अनुसन्धान केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा आयोजित कृषिको अवस्था, सम्भावना र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बिभिन्न अगुवा कृषक, राजनैतिक दलका प्रतिनिधि लगाएतका ब्यक्तित्वहरुले थारुको तस्विरमा माल्यापर्ण गर्दै उनको योगदानको स्मरण गरेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गुम्रा थारु स्मृति कृषि अनुसन्धान केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष आरती पौडेलको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रियामा प्राध्यापक कृष्ण कुमार लमसालले गुम्रा थारुको बारेमा चर्चा परिचर्चा गरेका थिए । उनले तत्कालिन समयमा बाँके-बर्दिया क्षेत्रमा किसानहरू जमिन्दारको चर्को शोषणमा परेको अबस्थामा पनि अन्यायविरुद्ध आवाज उठाउन थालेपछि किसानहरू संगठित भएको स्मरण गरे ।
त्यस आन्दोलनको नेतृत्वमा गुम्रा थारु अग्रपङ्क्तिमा उभिएकाे इतिहास छ भन्दै प्राध्यापक लम्सालले किसान आन्दोलन दबाउन तत्कालीन शासक पक्षले प्रहरी र सैनिक परिचालन गरे पनि किसानहरू आफ्नो अधिकारका लागि डटेर लडेको बताएका थिए ।
उनका अनुसार वि.सं. २०१७ साल साउन ६ गते किसान आन्दोलनकै क्रममा गुम्रा थारुले सहादत प्राप्त गरेका थिए। उनको बलिदानले किसान अधिकार आन्दोलनलाई थप उचाइमा पुर्याएको इतिहासमा उल्लेख छ। त्यसयता हरेक वर्ष साउन ६ गते गुम्रा थारुको स्मृतिमा कार्यक्रम आयोजना गर्दै उनको योगदानको स्मरण गर्ने परम्परा रहँदै आएको छ।
राजनीतिक परिवर्तनसँगै लोकतान्त्रिक व्यवस्था स्थापना भए पनि किसानका भूमि अधिकार, उत्पादनको उचित मूल्य, कृषि लागत, सिँचाइ, मल-बीउ तथा बजार व्यवस्थापनजस्ता समस्या अझै पूर्ण रूपमा समाधान हुन नसकेको अन्तरक्रियामा सहभागि किसान अगुवाहरू बताउँछन्। गुम्रा थारुले देखाएको संघर्षको बाटो आज पनि किसान अधिकारका आन्दोलनका लागि प्रेरणादायी रहेको उनीहरूको भनाइ छ।
स्मृति दिवसका अवसरमा वक्ताहरूले गुम्रा थारुको योगदानलाई केवल इतिहासमा सीमित नराखी किसानमैत्री नीति, भूमि सुधार, उत्पादनमुखी कृषि र किसानको सम्मान सुनिश्चित गर्ने कार्यक्रममार्फत उनको सपना साकार पार्नुपर्नेमा जोड दिएका छन्। ६६ वर्षअघि किसान अधिकारका लागि बलिदान दिएका सहिद गुम्रा थारुको स्मृति नेपाली किसान आन्दोलनको इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिने विश्वास व्यक्त गरिएको छ।
६ श्रावण २०८३, बुधबार १७:२३ प्रकाशित