४ साउन, कोहलपुर । हाम्रो सुर्खेती एकता समाज कोहलपुरले मृगाैला पीडित चन्द्रबहादुर रानालाई रु. ३ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजका आजिवन सदस्य समेत रहेका रानाकाे उपचारकालागी उक्त रकम हस्तान्तरण गरिएकाे हाे ।
समाजले विभिन्न व्यक्ति, शुभेच्छुक तथा दाताबाट संकलित रकम एक कार्यक्रमका बीच रानालाई हस्तान्तरण गरेको हो। लामो समयदेखि मृगाैला रोगसँग संघर्ष गरिरहेका रानाको उपचारमा आर्थिक अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको समाजका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजका पदाधिकारीहरूले मानवीय सेवाभन्दा ठूलो धर्म अरू नभएको उल्लेख गर्दै यस सहयोगले रानाको उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले विपन्न, असहाय तथा समस्यामा परेका नागरिकहरूको साथमा समाज सधैं उभिने प्रतिबद्धता समेत व्यक्त गरे।
सहयोग ग्रहण गर्दै रानाले विगत आठ वर्षदेखि मृगाैला सम्बन्धी समस्यासँग संघर्ष गर्दै आएको बताउँदै उपचारका लागि जुटाइएको सहयोगले आफूमा नयाँ आशा र बाँच्ने आत्मविश्वास जगाएको प्रतिक्रिया दिए। उनले कठिन परिस्थितिमा साथ दिने हाम्रो सुर्खेती एकता समाज, सहयोगदाता, शुभेच्छुक तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताप्रति हार्दिक आभार व्यक्त गरे।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, सहयोगदाता तथा स्थानीयको उपस्थिति रहेको थियो। समाजले आगामी दिनमा पनि मानवीय सेवालाई प्राथमिकतामा राख्दै विपद्, बिरामी तथा आर्थिक रूपमा विपन्न नागरिकहरूको सहयोगमा यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
४ श्रावण २०८३, सोमबार ०९:३६ प्रकाशित