३१ असार, नेपालगन्ज । बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१५ स्थित जमुनाहा नाकामा नियमित जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको पैडल रिक्सा (साइकल रिक्सा) बाट उक्त रकम बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा राखिएको सामानको बोरा खानतलासी गर्दा पाँच लाख भारतीय रुपियाँ फेला परेको हो। उनका अनुसार बरामद रकम कसको हो भन्ने विषयमा कसैले जिम्मेवारी नलिएपछि उक्त रकम बेवारिसे अवस्थामा फेला परेको मानिएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सशस्त्र प्रहरीले बरामद गरेको पाँच लाख भारतीय रुपियाँ आवश्यक कानुनी प्रक्रियाका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको सीमा सुरक्षा गुल्म जमुनाहाले जनाएको छ।
पछिल्लो समय अवैध गतिविधि तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले मुख्य नाका र सहायक नाकामा निगरानी कडा बनाएको छ। सोही क्रममा भारतबाट ल्याइने अवैध सामान तथा स्रोत नखुलेका रकम बरामद हुने क्रम बढेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले कमान्ड सम्हालेपछि लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लामा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको जनाइएको छ।
नायब महानिरीक्षक अधिकारीले सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी विशेष योजना र रणनीतिअनुसार परिचालन भइरहेको बताए । उनले सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी दिनरात नभनी खटिरहेको बताए ।
३१ असार २०८३, बुधबार १०:५९ प्रकाशित