भानु जयन्तीमा ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न
  • काँचुली खबर

२९ असार, काेहलपुर । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर-११, बाँकेको आयोजनामा भानुभक्तकृत ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै उनका कृतित्वले नेपाली भाषालाई राष्ट्रिय पहिचान र साहित्यिक गरिमासहित स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले आदिकवि भानुभक्त नेपाली साहित्यका आदिकवि मात्र नभई नेपाली भाषाका युगप्रवर्तक व्यक्तित्व भएको बताए । उनले भानुभक्तले नेपाली भाषालाई साहित्यिक उचाइ प्रदान गर्दै समाजलाई नैतिक आदर्श, संस्कार र राष्ट्रिय एकताको भावनासँग जोड्ने अमूल्य योगदान दिएको उल्लेख गरे । साथै, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले हरेक वर्ष भानु जयन्तीलाई पर्वका रूपमा विविध साहित्यिक कार्यक्रम आयोजना गरी मनाउँदै आएको कार्य अनुकरणीय रहेको बताउँदै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष एवं ज्ञानोदय सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेलले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली भाषालाई जनजीवनसँग जोड्ने ऐतिहासिक कार्य गरेको बताए ।

उनले भानुभक्तको योगदान केवल साहित्यिक सिर्जनामा सीमित नभई नेपाली भाषाको विकास, विस्तार र सामाजिक चेतनासँग समेत जोडिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा पठन संस्कृति र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

निर्णायक मण्डल संयोजक डा. हरीप्रसाद तिमिल्सेनाले भानुभक्तका कृतिहरू नेपाली समाजका नैतिक, सांस्कृतिक र मानवीय मूल्यका संवाहक भएको उल्लेख गर्दै रामायण वाचनजस्ता कार्यक्रमले शुद्ध उच्चारण, वाचनकला र साहित्यप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई मौलिक साहित्यसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा राखे ।

प्रतियोगितामा आठ जना प्रतियोगी सहभागी भएका थिए। प्रतियोगितामा शोभना देवकोटा प्रथम हुँदै नगद रु. ५ हजारसहित प्रमाणपत्र, सुप्रभा उपाध्याय द्वितीय हुँदै नगद रु. ३ हजारसहित प्रमाणपत्र तथा सदिक्षा भट्टराई तृतीय हुँदै नगद रु. २ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माको अध्यक्षता तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रविलाल मिजार विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेल, निर्णायक मण्डल संयोजक डा. हरीप्रसाद तिमिल्सेना, निर्णायक सदस्य डा. पुष्कर रिजाल र नारायण प्रसाद शर्मा, वाङ्मय प्रतिष्ठान कोहलपुरकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने तथा पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरका अध्यक्ष पुष्कर रिजाल लगायतको आतिथ्य रहेको थियो।

पुस्तकालयका उपाध्यक्ष निर्मल आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव रबिन्द्र सुवेदीले गरेका थिए । कार्यक्रममा साहित्यकार, शिक्षक, विद्यार्थी, पत्रकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • २९ असार २०८३, सोमबार १९:०५ प्रकाशित
  • Nabintech