बिबाह मृत्यु लेखिएकै हुन्छ भन्ने कुरामा दुई मत लागेन । पहिलो वैवाहिक सम्बन्ध टुटेपछि जीवनमा फेरि विवाहबन्धनमा बाँधिने कल्पना मैले गरेकी थिइनँ। तर जीवनले कहिलेकाहीँ अप्रत्याशित मोड लिन्छ। प्रेम सम्बन्धमा बाँधिएपछि आज म फेरि एकपटक वैवाहिक जीवनमा प्रवेश गरेकी छु। कानुनी रूपमा सम्बन्ध विच्छेद भएको चार वर्षपछि मैले दोस्रो विवाह गरेकी हुँ।
मेरो विवाहको सबैभन्दा भावुक र विशेष पक्ष भनेको, विवाहका अधिकांश रस्महरू आफ्नै छोरीको हातबाट सम्पन्न हुनु हो। हातमा मेहेन्दी लगाउनेदेखि मेकअप गराउने र नयाँ घरमा भित्र्याउनेसम्मका क्षणहरूमा मेरी छोरी मेरो साथमा थिइन्। सन्तानको भविष्यबारे मैले सही निर्णय गरेँ कि गरिनँ भन्ने मूल्याङ्कन समयले गर्नेछ, तर आजका दिनमा मैले आफ्नो मनको आवाज सुनेर अघि बढेकी छु।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मेरो नयाँ जीवनयात्रालाई परिवारले खुलेर स्वीकार गरिदिनुभयो। छोराको खुसीमा मलाई पनि स्थान दिँदै हाम्रो प्रेमलाई सम्मान र न्याय दिनुभयो। उहाँहरूप्रति म जीवनभर कृतज्ञ रहनेछु। साथै, यो यात्रामा खुसी व्यक्त गर्दै आशिर्वाद र शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
दुई वर्षको प्रेम सम्बन्धमा हामीले सँगालेका सपनाहरू यति सहज रूपमा पूरा होलान् भन्ने लागेकै थिएन। चुनौतीहरू आउने निश्चित थिए, तर ती चुनौतीहरू पार गर्न सकिने विश्वास पनि थियो। यद्यपि समाज, कानुन र परिस्थितिका कारण जटिलता थपिने डर मनमा थियो। तर मेरो जीवनसाथीले गरेका वाचा र देखाएको प्रतिबद्धताले ती सबै डरलाई पराजित गरिदियो।

डिभोर्सी महिला, त्यसमाथि दुई सन्तानकी जिम्मेवार आमालाई आफ्नो जीवनसाथीका रूपमा स्वीकार गर्नु हाम्रो समाजमा सजिलो निर्णय होइन। त्यसलाई फलामको चिउरा चपाउनु जत्तिकै कठिन मानिन्छ। तर त्यो चुनौती स्वीकार्न सक्ने साहसी, जिम्मेवार र माया गर्ने श्रीमान पाउनु मेरो जीवनको ठूलो सौभाग्य हो।
धेरैले मेरा छोराछोरीबारे चासो व्यक्त गर्नुभएको छ। सबै शुभेच्छुकहरूलाई स्पष्ट रूपमा भन्न चाहन्छु, मेरा सन्तान हिजो पनि मसँगै थिए, आज पनि मसँगै छन् र भोलि पनि मसँगै रहनेछन्। त्यस विषयमा कसैले चिन्ता लिनु आवश्यक छैन।
अर्को धेरै उठाइएको विषय हो, उमेर। हो, मेरो श्रीमान उमेरमा मभन्दा कान्छो हुनुहुन्छ। तर उहाँमा भएको साहस, आत्मविश्वास, जिम्मेवारी र परिपक्वता धेरै उमेर पुगेकाहरूमा पनि नहुन सक्छ। हाम्रो समाजमा पुरुषले आफूभन्दा कान्छी महिलासँग विवाह गर्दा सामान्य मानिन्छ, तर महिलाले आफूभन्दा कान्छो पुरुषसँग विवाह गर्दा किन प्रश्न उठाइन्छ ? महिला पनि मानव हुन्, उनीहरूलाई पनि आफ्नो रोजाइको जीवनसाथी छान्ने अधिकार छ।

परिवार खुसी छ, सन्तान खुसी छन् र कानुनी रूपमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएको छ। तर अझै पनि उमेरकै आधारमा अतिरिक्त प्रमाण वा स्पष्टीकरण मागिने प्रवृत्ति कहिलेसम्म रहिरहने ? सम्बन्ध विच्छेद भएको चार वर्षपछि विवाह गर्दा पनि “यति छिटो किन ?” भन्ने प्रश्न उठाइन्छ। तर यही समाजमा पुरुषहरूले पत्नीको निधन भएको केही समयमै पुनः विवाह गर्दा त्यति प्रश्न उठ्दैन। आखिर किन एउटै विषयमा महिला र पुरुषका लागि फरक मापदण्ड ?
महिला र पुरुष दुवै यही समाजका सदस्य हुन्, दुवै मानव हुन्। यदि अधिकार, सम्मान र स्वतन्त्रता समान छन् भने दृष्टिकोण र व्यवहार पनि समान हुनुपर्छ। समाज परिवर्तन गर्न कानून मात्र पर्याप्त हुँदैन, सोच परिवर्तन हुनुपर्छ।
आजदेखि हामी नेपालको कानुनअनुसार आधिकारिक रूपमा श्रीमान-श्रीमती भएका छौं। सामाजिक, कानुनी र पारिवारिक चुनौतीहरूको सामना गर्दै यो खुसीको दिनसम्म आइपुग्न सकेका छौं। यो यात्रामा साथ, समर्थन, माया र विश्वास दिनुहुने सम्पूर्ण आत्मीयजनप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद। 🙏
– वीरङ्गना योगी शाही
कोहलपुर, बाँके
३० जेष्ठ २०८३, शनिबार १५:५१ प्रकाशित