३० जेठ, काेहलपुर । कोहलपुर-१० चटारस्थित बागेश्वरी एकेडेमीको आयोजनामा शनिबारदेखि जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप भव्य रूपमा सुरु भएको छ।
“संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात् गर्दै विद्यालयले आफ्नै प्रांगणमा प्रतियोगिता आयोजना गरेको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्लाभरका ५९ वटा डोजाङबाट ४ सय ५० भन्दा बढी खेलाडी सहभागी रहेको प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका छन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले निजी क्षेत्रबाट यस्ता खेलकुद कार्यक्रम आयोजना हुनु बालबालिकाको समग्र विकासका लागि अत्यन्त सकारात्मक कदम भएको बताए । उनले विद्यालयले आफ्नो सामाजिक दायित्व र अपनत्व झल्किने गरी खेलकुद प्रतियोगिता आयोजना गरेकोप्रति प्रशंसा व्यक्त गर्दै शिक्षा, खेलकुद र व्यक्तित्व विकासका क्षेत्रमा सहकार्य र समन्वयमा नगरपालिकाको साथ निरन्तर रहने प्रतिबद्धता जनाए ।
उनले समाजमा सबै काम सरकारले मात्रै गर्नुपर्छ भन्ने धारणा बढ्दै गएको उल्लेख गर्दै सरकार एक्लैले सबै जिम्मेवारी वहन गर्न नसक्ने भए पनि बालबालिकाको प्रतिभा विकासमा कुनै कमी आउन नदिन सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको औंल्याए । शिक्षा र खेलकुद सिकाइका परिपूरक पक्ष भएको उल्लेख गर्दै निजी क्षेत्रले खेलमार्फत सिकाइको स्तर उकास्न थालेको अवस्थालाई उनले सुखद सुरुवातका रूपमा व्याख्या गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीले बागेश्वरी एकेडेमीले डिजिटल शिक्षादेखि शारीरिक तथा व्यवहारिक दक्षता विकाससम्मका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । २०६० को दशकमा १ सय ६३ विद्यार्थीबाट सुरु भएको विद्यालयको यात्रा आजसम्म अविच्छिन्न रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन तथा आत्मरक्षाको सीप विकास हुने भएकाले विद्यालय यस विषयमा विशेष संवेदनशील रहेको बताए ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता विद्यालय प्राङ्गणका तीन फरक क्षेत्रमा खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको सम्पूर्ण खर्च विद्यालयले व्यहोरेको जनाईएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरिनेछ ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष किशन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजार, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चक्रबहादुर डम्मर पाल, तेक्वान्दो संघ लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा, सचिव प्रेमबहादुर आले, नगर खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, तेक्वान्दो संघ बाँकेका कोषाध्यक्ष प्रेम पुन, कराते महासंघ बाँकेका अध्यक्ष सन्तोष शाह, कृसा बाँकेका अध्यक्ष ओपेन्द्र केसी, विद्यालयका आर्थिक संयोजक बेगबहादुर ओली, पूर्व अध्यक्ष चिन्तामणि धिताल, स्कुल क्याप्टेन दिप्सना ओलीलगायत पत्रकार, अभिभावक, विद्यार्थी, खेलप्रेमी, खेलाडी तथा शिक्षक कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
३० जेष्ठ २०८३, शनिबार १२:०१ प्रकाशित