श्रीमान-श्रीमतीकाे ठगी धन्दा, खाेलेका थिए नक्कली सरकारी कार्यालय
  • काँचुली खबर

२८ जेठ, काठमाडौं । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ ।

ठगी कार्यमा संलग्न श्रीमान्-श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिका-३ बगनाहाको एक घरमा  ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय सन्चालन गरेका थिए । त्यसको साइनबोर्ड, लेटरप्याड र छाप समेत नक्कली बनाएर स्थानीयलाई जागिर वा रोजगारी दिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ छ । त्यसको नामसँग मिल्ने गरी उनीहरुले ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको साइनबोर्ड, लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए ।

साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको आरोप समेत छ ।

सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले नक्कली सरकारी कार्यालय खोलेर स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न ज्यालादारी काममा लगाएको र ज्याला भुक्तानी नगरेको खुलेको थियो ।

त्यसपछि प्रहरीले जेठ २० गते ठाकुरबाबा नगरपालिका-३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका-५ निवासी अन्दाजी २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • २८ जेष्ठ २०८३, बिहीबार १५:१४ प्रकाशित
  • Nabintech