गोरखा स्कुलको २५औँ वार्षिकोत्सव सम्पन्न
  • काँचुली खबर

२३ जेठ, काेहलपुर । कोहलपुर-२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलको २५औँ वार्षिकोत्सव कार्यक्रमका भव्य रूपमा सम्पन्न भएको छ। शनिबार विद्यालय परिसरका आयाेजीत भब्य कार्यक्रमकाे कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले उद्घाटन गरेकी थिईन ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि सुवेदीले गुणस्तरीय शिक्षा प्रदान गर्दै गोरखा युनाइटेड पब्लिक स्कुलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेकी थिईन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

समारोहमा अभिभावकहरूको तर्फबाट प्रतिनिधित्व गर्दै डा. देवेन्द्र आचार्यले शिक्षा, अनुशासन र नैतिक मूल्यको महत्वबारे प्रेरणादायी मन्तव्य राखेका थिए । विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आले मगरलाई विशेष सम्मान गरिएको थियो। वक्ताहरूले विद्यालय स्थापना र विकासमा उनले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै विद्यालयलाई आजको उचाइमा पुर्‍याउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

वार्षिकोत्सव समारोहमा जिल्लास्थित विभिन्न कार्यालयका प्रतिनिधि, समाजसेवी, शिक्षाविद् तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विद्यालयमा अध्ययनरत तथा उत्कृष्ट नतिजा हासिल गरेका ५०० भन्दा बढी विद्यार्थीलाई सम्मानपत्र, पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालयको प्रगति र गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने शिक्षक तथा कर्मचारीलाई ‘बेस्ट शिक्षक’ र ‘बेस्ट कर्मचारी’ सम्मानबाट सम्मानित गरिएको थियो। विद्यालय प्रशासनका अनुसार सम्मानित व्यक्तित्वहरूको योगदानले विद्यालयको शैक्षिक उत्कृष्टतामा महत्वपूर्ण भूमिका खेलेको छ।

विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत तथा प्रतिभा प्रदर्शनहरूले समारोहलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमभर नेपाली कला, संस्कृति र सिर्जनशीलताको झल्को देखिएको थियो।

विद्यालय व्यवस्थापन पक्षले आगामी दिनमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालयमा आयोजित स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा विभिन्न शैक्षिक प्रदर्शनीहरूले पनि वार्षिकोत्सवलाई विशेष बनाएको आयोजकले जनाएको छ।

२५ वर्षको सफल यात्रालाई उत्सवका रूपमा मनाउँदै सम्पन्न वार्षिकोत्सवले विद्यालय परिवारमा नयाँ उत्साह, ऊर्जा र आगामी दिनका लागि थप जिम्मेवारीबोध सिर्जना गरेको सहभागीहरूले बताएका छन्।

  • २३ जेष्ठ २०८३, शनिबार १७:५८ प्रकाशित
  • Nabintech