२२ जेठ, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-३, हल्कारापुर्वा गाउँका रामसुहावन यादवलाई राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार २०८२ प्रदान गरिएको छ। जिल्लाकै सबैभन्दा बढी भैंसीपालन हुने गाउँका रूपमा परिचित उक्त क्षेत्रमा २० वर्षदेखि व्यावसायिक रूपमा भैंसीपालन तथा डेयरी व्यवसाय गर्दै आउनुभएका यादवलाई उक्त सम्मान प्रदान गरिएको हो।
राष्ट्रपतिबाट दुई लाख रुपियाँ नगदसहितको उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेपछि यादव अहिले उत्साहित छन । पुरस्कार ग्रहण गरेर गाउँ फर्किएका उनले खुशी व्यक्त गर्दै भने, “मेरो पुर्खौंदेखिको व्यवसायलाई सरकारले उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कृषक घोषणा गरेपछि अत्यन्त खुसी छु। अरुलाई पनि मिहिनेतका साथ व्यावसायिक रूपमा पशुपालन गर्न आग्रह गर्छु। यस क्षेत्रमा भविष्य राम्रो छ।”
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यादवले आफ्नो फार्ममार्फत हाल पाडापाडीसमेत गरी करिब १५० वटा भैंसी पाल्दै आएका छन । उनको फार्मबाट दैनिक तीन सयदेखि चार सय लिटर दूध उत्पादन हुन्छ, जुन कम्दीस्थित मिलनचोक हुँदै नेपालगन्जसम्म आपूर्ति हुने गरेको छ। भैंसीपालनदेखि दूध व्यवस्थापनसम्ममा परिवारका सदस्यहरू (छोराछोरी, बुहारी र नातीनातिना) समेत सक्रिय रूपमा संलग्न रहेको उनले बताए ।
उनको दैनिकी बिहान तीन बजेदेखि सुरु भई साँझ अबेरसम्म भैंसीकै हेरचाहमा बित्ने गरेको छ। पुस्तौँदेखि चल्दै आएको पेसालाई निरन्तरता दिँदै उनी अहिले गाउँकै सबैभन्दा ठुलो भैंसीपालक किसानका रूपमा स्थापित भएका छन ।
यादवले पुरस्कार रकमबाट राम्रो दूध दिने थप एक भैंसी खरिद गर्ने योजना रहेको बताउँदै स्थानीय युवा पनि कृषि र पशुपालनतर्फ आकर्षित हुनुपर्नेमा जोड दिए ।
उनले डीडीसीबाट दूधको भुक्तानी १५-१५ दिनमा गर्ने व्यवस्था मिलाउन र सरकारी अनुदान सबै किसानसम्म पुग्ने सुनिश्चितता गर्न सरकारसँग आग्रह समेत गरेका छन ।
उनका अनुसार दूध बिक्रीबापत करिब ३० लाख रुपियाँ डीडीसीबाट भुक्तानी पाउन बाँकी छ। पछिल्ला चार महिनादेखि भुक्तानी नपाउँदा अन्य आर्थिक गतिविधिमा समेत असर परेको उनले बताए ।
बाँकेको डुडुवा गाउँपालिकाका हल्कारापुर्वा, कम्दी, सिधनिया र ग्वालापुर गाउँहरू भैंसीपालनका लागि प्रसिद्ध छन्। यी गाउँका अधिकांश घरपरिवारले भैंसीपालन गर्दै आएका छन्। तीमध्ये हल्कारापुर्वामा मात्रै ६०० भन्दा बढी भैंसी पालिएको छ। यही कारण स्थानीयले यसलाई “दूध उत्पादनको गाउँ” भनेर चिन्ने गरेका छन्। यहाँबाट दैनिक करिब ६०० लिटर दूध नेपालगन्ज बजारमा आपूर्ति हुने गरेको किसानहरूको भनाइ छ।
हाल यस क्षेत्रमा स्थानीय जातका भैंसीभन्दा मुर्रा जातका भैंसीपालनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ। बढी दूध दिने भएकाले किसानहरू मुर्रा जाततर्फ आकर्षित हुँदै गएको स्थानीय कृषक राम फेरन यादवले बताए ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक स्थानीय किसानले राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्नु पालिकाका लागि गौरवको विषय भएको बताउँदै भैंसीपालक किसानलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
२२ जेष्ठ २०८३, शुक्रबार १०:२७ प्रकाशित