१३ जेठ, काेहलपुर । काेहि ब्यक्तिले चाेरी गरेरै ६ कराेडकाे सम्पत्ति जाेड्न सक्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर बाँकेकाे राप्ती सोनारी गाउँपालिका-३ बेलासपुरका ४१ वर्षीय प्रेम थारुले चाेरी गरेरै घर, घडेरी जाेडेकाे पाईएकाे छ ।
उनले चोरेरै पक्की घर ठड्याएका छन् । एक करोड मूल्यको टोयटा हाइलक्स गाडी चढ्छन् । बिलासी जीवन बिताउँछन् । खातामा टन्नै रकम छ । गरगहना प्रशस्त छ । दर्जन बढी देशका मुद्रा घरमा सजाएका छन् । यसरी चोरेरै सम्पन्न भएका थारुलाई पुलिसले गोली हानेर समात्दा उनीबाट ६५ तोला त सुन नै बरामद भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भिआईपी चाेरकाे उपमा पाएका उनै थारूलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले उनलाई जेल चलान गर्न आदेश दिएको हो।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा थारुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । चोरीबाटै थारुले ६ करोड २२ लाख १६ हजार २१६ रूपैयाँ बराबरको सम्पत्ति आर्जन गरकोे भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
प्रेम थारु काठमाडौंको बौद्धस्थित एक घरबाट एक करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गहना चोरी गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउका क्रममा प्रहरीले गोली चलाउँदा उनको दाहिने खुट्टामा गोली लागेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले उनको साथबाट तथा विभिन्न स्थानमा रहेको घरबाट करोडौँ मूल्य बराबरका गहना, नगद तथा सम्पत्तिको विवरण फेला पारेको छ। प्रहरीले बरामद गरेका सामग्रीको मूल्य मात्रै एक करोड ५९ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
प्रेमले बयानमा आफू वर्षौँदेखि चोरी गर्दै आएको स्वीकार गरेका छन्। “मेरो अन्य कुनै पेशा छैन, चोरी नै मेरो पेशा हो,” उनले बयानमा भनेका छन्। उनले आफ्नो नाममा रहेको घर, जग्गा, गाडी र बैंक ब्यालेन्स सबै चोरीबाट कमाएको रकमबाट खरिद गरेको स्वीकार गरेका छन्।
‘चोरी गरेको सुनचाँदीका गरगहना बिक्री गरी करिब ५/७ वर्ष पहिले कोहलपुर (चप्परगाैंडी) मा ४० लाखमा २ कट्ठा जग्गा किनें । र, साढे तीन तले पक्की घर बनाएको छु,’ थारुले बयानमा भनेका छन् ।

उनको नाममा बाँकेको बैजापुर-५ क कित्ता नम्बर ६८८ मा १० कट्ठा जग्गा छ । उक्त जग्गा भने आफ्नो पुर्खौली रहेको थारुले बताएका छन् ।
बाँकेकै बैजापुर ५ क धनहर खेत कित्ता नम्बर १२९७ को १ कट्ठा १७ धुर, सोही ठाउँमा ५कट्टा १२ धुर जग्गाको स्रोत उनले देखाउन सकेका छैनन् । उक्त जग्गाको स्रोत पनि चोरीकै रहेको बताइएको छ ।
प्रहरीका अनुसार उनले बाँकेमा घरजग्गा खरिद गर्नुका साथै ९८ लाख रुपैयाँमा टोयोटा हाइलक्स गाडी समेत किनेका थिए। विभिन्न बैंक खातामा करोडौँको कारोबार भएको समेत खुलेको छ।
प्रेमले चोरी गर्न आवश्यक पर्ने चाबी, पेचकस, पलास लगायतका औजार सधैँ साथमा बोकेर हिँड्ने गरेका थिए। चोरीका गहना भारतको सीमावर्ती क्षेत्रमा लगेर बेच्ने गरेको बयान पनि उनले दिएका छन्।
प्रहरीका अनुसार उनी काठमाडौंमा अर्कै व्यक्तिको नागरिकता प्रयोग गरेर बस्दै आएका थिए। आफू चोरीमा संलग्न भएकाले वास्तविक परिचय लुकाउन यस्तो गरेको बयानमा उल्लेख गरेका छन्।
अदालतमा दायर मुद्दामा उनीमाथि चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा सजाय माग गरिएको छ। साथै सम्पूर्ण सम्पत्ति जफत गर्न, जरिवाना गर्न र पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।
१३ जेष्ठ २०८३, बुधबार १०:१६ प्रकाशित