१ जेष्ठ २०८१, मंगलवार
लागू औषध र गुण्डागर्दी नियन्त्रण पहिलो प्राथमिकता : एस.पी. पौडेल
  • काँचुली खबर

भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषध बेचबिखन तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन ।
आईतबार नेपालगन्जका पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममा उनले सडक दुर्घटना न्यूनीकरण समेत चुनौतीको विषय भएको बताएका हुन । खुल्ला सिमा क्षेत्रका कारण लागू औषध ओसार पसार तथा मानव बेचबिखनका निमित्त बाँके जोखिमयुक्त जिल्ला भएको बताउँदै पौडेलले ति विषयहरु पुर्ण रुपमा निर्मुल पार्न नसके पनि हदैसम्म न्यूनीकरण आफ्नो प्राथमिकतामा रहेको बताए ।
प्रदेश प्रहरी कार्यालयले बनाएको कार्ययोजना अन्तर्गत लागू औषधको प्रयोग तथा बेचबिखनमा न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सरोकारवालाहरुसँगको समन्वयमा आफुले काम गर्ने पौडेलले बताए । बाँके गुण्डागर्दीमा बदनाम जिल्ला भएको भन्दै पौडेलले भने, ‘गुण्डागर्दीले समाजको शान्तीमा खलल गर्दछ, समाजमा डर त्रास पैदा गर्दछ । अब गुण्डागर्दीमा संलग्न हुने जो कोहीले कुनै पनि हालतमा मुक्ती पाउने छैनन् ।’
एक अर्को प्रसङ्गमा एसपी पौडेलले भने ‘प्रहरी जहिले पनि घटनास्थलमा ढिलो पुग्ने गरेको जनगुनासो हुन्छ तर अब बाँकेमा त्यस्तो रहने छैन ।’ नेपालगन्ज उपमहानगर भित्र खबर पाएको १० मिनेट भित्र प्रहरी पुग्ने र उपमहानगर बाहिर पनि नजिकको प्रहरी युनिटबाट ५ देखि १० मिनेट भित्रमा प्रहरी पुगीसक्ने पौडेलले दाबी गरे । प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै एसपी पौडेलले प्रहरी सदैव जनताको सेबामा तयार रहने भएकाले सबैको साथ र सहयोगको आवश्यकता रहने बताए ।

  • २७ श्रावण २०७५, आईतवार १६:०४ प्रकाशित
  • Nabintech