काेहलपुरमा प्रथम प्रदेशसभा कप फुटबल प्रतियोगिता सुरू
  • काँचुली खबर

२ जेष्ठ, काेहलपुर । बाँकेको कोहलपुरमा प्रथम प्रदेशसभा कप फुटबल प्रतियोगिता सुरू भएकाे छ । सामाजिक विकास डिभिजन कार्यालय, नेपालगन्जको आयोजनामा शुक्रबारदेखि “प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नं. १ (ख) अन्तर माध्यमिक विद्यालय यू-१६ फुटबल प्रतियोगिता” सुरू भएकाे हाे ।

शुक्रबार कोहलपुर-१ स्थित कृष्ण माध्यमिक विद्यालय कौशिलानगरमा एक कार्यक्रमकाबीच प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चौधरीले माध्यमिक विद्यालयस्तरीय बालबालिकाहरूको क्षमता अभिवृद्धिकालागि प्रतियोगिता सञ्चालन गरिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रतियोगिताबाट स्थानियस्तरमा लुकेर रहेका प्रतिभावा खेलाडिहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने उनले विश्वास ब्यक्त गरे । आफ्नो निर्वाचन क्षेत्रका विद्यालयका विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको उनको भनाइ थियो ।

खेलकुद स्वास्थ्यका लागि मात्रै नभएर सामाजिक विकृति र कुलतविरुद्ध भएकोपनि प्रदेशसभा सदस्य चौधरीले बताए ।

प्रतियोगिता उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले फुटबल खेल र अनुशासन र धैर्यताको प्राय भएको बताए । विद्यार्थीहरूलाई पढाइमा मात्र नभएर खेलकुदका गतिविधिमा सरिक गराउनु निकै सकारात्मक कार्य भएको उनको भनाइ थियो ।

कोहलपुर नगरपालिकाका सामाजिक समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा कोहलपुर खेलकुदमैत्री सहरको रूपमा विकास भइरहेको बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर १ वडाअध्यक्ष बद्रीप्रसाद जैसी अनुशासित रूपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तर्गत रहेका ३६ वटा विद्यालयले सहभागी जनाएका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा राप्तिसाेनारीकाे जनशक्ति मावि बिजयी भएकाे छ । काेहलपुरकाे एभरेस्ट सैनिक माविलाई ५-० गाेलले हराउँदै जनशक्ति मावि बिजयी भएकाे हाे ।

प्रतियोगिताको प्रथम पुरस्कार राशी ५ लाख, द्धितीय पुरस्कार ३ लाख र तृतीय पुरस्कार २ लाख रूपैयाँँ रहेको छ । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ ‘ख’ अन्तरमावि अन्डर १६ फुटबल प्रतियोगिता जेठ ६ गतेसम्म सञ्चालन हुनेछ ।

  • २ जेष्ठ २०८३, शनिबार १३:०७ प्रकाशित
  • Nabintech