२६ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा नेपालका खेलाडिहरूले उत्कृष्ट प्रदर्शन देखाएका छन ।
भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा आयोजना भएको “अन्तर्राष्ट्रिय इन्टिग्रल फाइटिंग ट्रेनिङ सेमिनार तथा इन्डो–नेपाल च्याम्पियनसिप २०२६” मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम राख्न सफल भएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
इन्डियन इन्टिग्रल फाइटिंग एसोसिएसन, उत्तर प्रदेश भारतको आयोजनामा मे २ देखि मे ५ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा उपाधि जित्न सफल भएका हुन् ।
महिला सिनियरतर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी विष्णु गिरीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । उनले प्रतियोगिताभर आत्मविश्वासपूर्ण र दमदार खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरिन् । विष्णु गिरीले विगत लामो समयदेखि खेल क्षेत्रमा लागेर लगातार विभिन्न पदक तथा नेपाललाई जिताउँदै आएकी छिन्। यो सफलता नेपाली महिला खेलाडीहरूका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।
त्यस्तै, जुनियर महिला तर्फ पनि बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी सुजता गिरीले शानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । कम उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन सफल भएकी हुन् ।
यसैबीच, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकि विष्णु गिरी र सुजता गिरीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी सहित सम्मानित गरिएको थियो ।
प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले फाइनलसम्म पुगेर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
२६ बैशाख २०८३, शनिबार १३:४४ प्रकाशित