२३ बैशाख, काेहलपुर । बाँकेमा आगामी २६ वैशाखमा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबले संयुक्त रुपमा राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सय बढी खेलाडीले भाग लिने निश्चित भइसकेको मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक सूर्यमणि अधिकारीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगितामा ८, १०, १२, १४, १७ र सो भन्दा माथि उमेर समूहका छात्र र छात्राबीच पौडीका २४ वटा इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीले बताए । ८ र १० वर्ष मुनिका खेलाडीले २५ मिटर र सो भन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटरमा प्रतिष्पर्धा गर्नेछन् । खेलाडीले फ्रि स्टाइल, ब्याक स्टोक, बेस्ट स्टोक र बटर फ्लाइ गरी चार वटा स्टोकमा सहभागिता जनाउन सक्नेछन् ।
शिखा एकेडेमीका प्रधानाध्यापक ई.राजीव सुवेदी, कार्यक्रम संयोजक सूर्यमणि अधिकारी र नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाका विद्यालयको सहभागिता सुनिश्चित भइसकेको उल्लेख छ ।
कार्यक्रम संयोजक सूर्यमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्याक ई.राजीव सुवेदीले स्वागत गरेका थिए भने पौडी प्रशिक्षक चन्द्रराम चौधरीले प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
शिखा एकेडेमी कोहलपुरले गत वर्ष नेपालगन्ज स्वीमिङ क्लबको समन्वयमा प्रथम शिखा अन्तरविद्यालय पौडी प्रतियोगिता आयोजना गरेको थियो । यो विद्यालयले ४ वर्षदेखि १२.५/२५ मिटरको पौडी पोखरी निर्माण गरेर नियमित रुपमा विद्यार्थीलाई पौडी सिकाइरहेको छ । शिखा एकेडेमी गत वर्ष सम्पन्न बाँके जिल्ला स्तरीय र लुम्बिनी प्रदेश स्तरीय पौडी प्रतियोगितामा प्रथम र राष्ट्रिय पौडी प्रतियोगितामा तेस्रो भएको थियो ।
२३ बैशाख २०८३, बुधबार १३:५३ प्रकाशित