१९ बैशाख २०८१, बुधबार
जुम्ला घटनाबारे छानविन गर्न प्रदेश सरकारले बनायो कार्यदल
  • काँचुली खबर

कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ ।

शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि पौडेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तवहादुर कार्की र समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख बृषवहादुर शाही रहेको कार्यदललाई एकहप्ताभित्र प्रतिवेदन पेश गर्न भनिएको हो ।

अनसनरत डा। केसीलाई काठमाडौं ल्याउन प्रहरी बल प्रयोग गर्ने क्रममा अस्पतालमा तोडफोड गर्नुका साथै झडप भएको थियो । त्यसक्रममा एक प्रहरी पनि घाइते भएका थिए ।

 

स्रोत : अनलाइनखबर

  • २६ श्रावण २०७५, शनिबार २१:४५ प्रकाशित
  • Nabintech