२० चैत्र, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले बसमा डाँका चोरी गर्ने गिरोहमा संलग्न चार जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज उप-महानगरपालिका वडा नं. ४ स्थित बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार यात्रुहरूलाई लक्षित गरी यहि चैत्र १७ गते डाँका चोरी भएको थियो।
६/७ जनाको समूहमा आएका व्यक्तिहरूले हतियार देखाएर यात्रुहरूलाई त्रसित बनाउँदै नगद, मोबाइल लगायतका सामान लुटपाट गरेर फरार भएका थिए । घटनामा संलग्न समूहले यात्रुहरूलाई धाक, धम्की र डर देखाउँदै करिब ५९ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा अन्य जिन्सी सामान लुटेको प्रहरीको भनाइ छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास तथा अनुसन्धानलाई तीव्र बनाएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले घटनामा संलग्न चार जनालाई १८ चैत्रमा पक्राउ गर्न सफल भएको हो। पक्राउ परेकाहरूको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १९ बस्ने २४ वर्षीय रामु परियार, २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री र कोहलपुर नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेका छन्।
प्रहरीले पक्राउ परेका चारै जनामाथि डाँका चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको प्रहरीले जानकारी दिएको छ।
२० चैत्र २०८२, शुक्रबार १३:०९ प्रकाशित