३० बैशाख २०८१, आईतवार
बाँके स्कुल आईडलको अडिसन राउण्ड सम्पन्न
  • काँचुली खबर

बाँके स्कुल आईडल-२०७५ को अडिसन राउण्ड सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्ज भएको अडिसन राउण्डबाट जिल्लाका १६ बिद्यालय छनौट हुन सफल भएका छन ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराका साथ पहिलो पटक मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले बाँके स्कुल आइडल-२०७५ प्रतियोगिता संचालन गरेको हो ।
नेपालगन्ज स्थित बाटीका होटलको सभा हलमा सम्पन्न भएको प्रतियोगिता अन्तर्गतको पहिलो अडिसनबाट छनोट हुन सफल प्रतियोगीहरुले दोस्रो चरणकालागि आगामी भदौ २ गते हुने अडिसनमा सहभागीता जनाउन पाउने भएका छन । दोस्रो चरणकालागी छनोट भएका प्रतिस्प्रधीहरुलाई छनौट कार्ड वितरण गरिएको छ ।
प्रतियोगिता आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रा.लि. का अध्यक्ष भरत महतोले दोस्रो चरणबाट एसएमएस भोटिङका आधारमा प्रतियोगिताहरु छनोट गरिने जानकारी दिए । प्रतियोगिता अन्तर्गत हरेक चरणमा उत्कृष्ट हुने प्रतियोगितालाई छुट्टै पुरस्कारको समेत ब्यवस्था मिलाईएको छ ।


शनिबार सम्पन्न प्रथम अडिसनमा नेपालगन्ज र कोहलपुर अडिशन गरि दुई चरणमा कार्यक्रम छुट्याइएको थियो । नेपालगन्ज अडिशनमा नेपालगन्जका विभिन्न ९ बिद्यालयले सहभागिता जनाएका थिए भने कोहलपुर अडिसनमा कोहलपुरका ८ बिद्यालयले आफ्नो प्रस्तुती दिएका थिए । जिल्लाबाट सहभागी १७ विद्यालयमध्ये पहिलो अडिसन राउण्डबाट एउटा विद्यालय छनौट हुन असफल भएको छ भने बाँकी १६ विद्यालयले दोस्रो चरणमा आप्mनो स्थान सुरक्षित गरेका छन ।
बाँकेमा पहिलो पटक संचालन गरिएको उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय र तृतिय हुन सफल प्रतिस्प्रधी वा विद्यालयलाई क्रमशः ७१ र ५१ हजार सहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ लोकगायक तथा संचारकर्मी कमल बि.के. निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग, के.बि. शाही र राकेश गुरुङ्गलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

  • २६ श्रावण २०७५, शनिबार १९:५८ प्रकाशित
  • Nabintech