भ्रामक प्रचार नगर्न नेकपाकाे चेतावनी
  • काँचुली खबर

१४ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाच-२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो स्पष्ट एजेन्डासहित सक्रिय रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिचालन समिति, क्षेत्र नं. १ बाँकेले बिहिबार एक प्रेस नोट जारी गर्दै पार्टीका बारेमा अनावश्यक भ्रम छर्न खाेजिएकाे भन्दै आपती जनाएकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस सम्बद्ध देव बहादुर बिसीले सामाजिक सञ्जालमार्फत पार्टी र उम्मेदवारविरुद्ध आधारहीन, भ्रामक तथा कपोलकल्पित सामग्री प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। पार्टीले त्यस्ता सामग्री पूर्ण रूपमा असत्य रहेको स्पष्ट पार्दै भ्रामक प्रचार नगर्न सम्बन्धित पक्षलाई चेतावनी समेत दिएको छ। अन्यथा कानुनी उपचारमा जान बाध्य हुने पनि उल्लेख गरिएको छ।

प्रेस नोटमा नेकपाले आफ्नो चुनाव चिह्न “तारा” रहेको स्मरण गराउँदै पार्टीले अन्य कुनै व्यक्ति वा समूहलाई समर्थन गरेको भन्ने प्रचार पूर्ण रूपमा झुटो भएको दाबी गरेको छ।

त्यस्तै, पार्टीले आफ्ना उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) को सुनिश्चित विजयका लागि सम्पूर्ण मतदाता, कार्यकर्ता तथा शुभेच्छुकलाई अझ सक्रिय हुन हार्दिक अपिल गरेको छ।

नेपाली कम्युनिस्ट पार्टि निर्वाचन परिचालन समिति, क्षेत्र नं. १ बाँकेका सदस्य सचिव बल बहादुर खड्का (आविरल) द्वारा जारी गरीएकाे प्रेस नाेटमा कुनै पनि कपाेकल्पित हल्लाकाे पछि नलागी चुनावी अभियानमा सक्रिय सहभागीताकालागी अपिल समेत गरिएकाे छ ।

  • १४ फाल्गुन २०८२, बिहीबार १२:०८ प्रकाशित
  • Nabintech