बाँके ३ का दलित अगुवाहरू नेकपामा समाहित
  • काँचुली खबर

११ फागुन, काेहलपुर । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जिएमलाई जिताउनकालागी स्थानिय दलित अगुवाहरू नेकपामा समाहित हुने क्रम बढेको छ ।

सोही क्रममा खजुरा वडा नम्बर ५ का नेकपा एमालेका गोबरे चमार, गङा सागर चमार, चोङ्गे चमार, भगवती चमार लगायतका दलित अगुवाहरू नेपाली कम्युनिस्ट पार्टीमा  समाहित भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि बोल्दै गोवरे चमारले समावेशी प्रतिनिधित्व सहित दलित अधिकारका लागी लड्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी आएकाले आफूहरू यस पार्टीमा समाहित भएको बताए । उनले बिभिन्न भ्रममा परेका दलित समुदाय लाई नेकपामा समाहित भएर बाँके ३ बाट दीपक जिएमलाई जिताउनका लागी तारा चिन्हमा मतदान गर्न अपिल गरे ।

दोस्रो दर्जाका नागरिकका रुपमा हेरिने दलित लगायत तराई दलितहरू बिभिन्न भ्रम र प्रलोभनमा परेर बिभिन्न पार्टीमा लागेको भन्दै अब भ्रम र प्रलोभनमा नपर्न आग्रह गरे ।

समाजमा भिजेका स्थानीय र समाजिक व्यक्तित्वका रुपमा दीपक जिएमलाई उम्मेदवारको रुपमा अगाडि सारेपछि बाँके ३ मा नेकपाको पक्षमा जनमत बलियो बन्दै गएको गएको छ । जिएमले आफु पाहुना उम्मेदवार नभएर बाँके ३ का जनता र यस माटोको सेवा गर्न उम्मेदवारका रुपमा आएको बताउँदै आएका छन । उनले आफुलाई उमेदवारका रुपमा भन्दा यस क्षेत्रको छोराको रुपमा हेरेर तारा चिन्हमा मतदान गरिदिन अपिल गरेका छन ।

  • ११ फाल्गुन २०८२, सोमबार १६:५७ प्रकाशित
  • Nabintech