मतदाताकाे मन जित्दै पाण्डे, ताराप्रति स्थानियकाे रूझान
  • काँचुली खबर

११ फागुन, कोहलपुर। बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) प्रति स्थानीय मतदाताको आकर्षण बढ्दो देखिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा सक्षम, इमानदार र युवा नेतृत्व चयन गर्ने मनस्थितिमा रहेका मतदाताहरू ‘तारा’ चुनाव चिह्नतर्फ केन्द्रित हुन थालेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका पाण्डे घरदैलो अभियानमा सक्रिय छन्। विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्। स्थानीय बासिन्दाले उनलाई हार्दिक स्वागत गर्दै अनावश्यक हल्ला र भ्रमको पछि नलाग्ने संकेत दिएका छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घरदैलो अभियानका क्रममा पाण्डेले जनताका समस्या, गुनासा, सुझाव र अपेक्षाबारे जानकारी लिँदै समाधानमुखी प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना तथा स्थानीय आवश्यकतामा आधारित योजनाहरू कार्यान्वयन गर्ने प्रतिवद्धता दोहोर्‍याए।

“निर्वाचित भए पनि वा नभए पनि जनतासँग गरेको वाचा पूरा गर्न निरन्तर लागिरहनेछु,” पाण्डेले भने, “पारदर्शी र उत्तरदायी ढंगले काम गर्दै नागरिकको जीवनस्तर सुधार गर्नु मेरो प्राथमिकता हुनेछ।” उनले मतदातालाई आफ्नो मतको सही सदुपयोग गर्न आग्रह समेत गरेका छन्।

सोमबार उनले कोहलपुर नगरपालिका वडा नं. ५, १०, ११ र १३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए। सो अवसरमा स्थानीयले खानेपानी, सडक पूर्वाधार, स्वास्थ्य सेवा र शिक्षाजस्ता आधारभूत आवश्यकतासम्बन्धी समस्या उठाउँदै शीघ्र समाधानको माग गरेका थिए।

पाण्डेले सबै मागलाई प्राथमिकतामा राखी योजनाबद्ध र दिगो रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। घरदैलो अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको सक्रिय सहभागिता रहेको थियो।

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचन लक्षित गर्दै घरदैलो अभियानलाई अझ तीव्र बनाउने जनाएको छ।

  • ११ फाल्गुन २०८२, सोमबार १६:३९ प्रकाशित
  • Nabintech