बाँकेमा चुनावी गर्मी बढ्यो, तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त
  • काँचुली खबर

२ फागुन, कोहलपुर । प्रतिनिधि सभाको निर्वाचन हुन १९ दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन ।

विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवार अहिले जनताको घरघरमा पुगेर भेटघाट गर्दै स्थानीय समस्या बुझ्न र आफ्नो योजना सुनाउन व्यस्त देखिन्छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँके क्षेत्र नं. १ मा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले स्थानीय तहमा भइरहेको भेटघाट र संवादले चुनावी गतिविधिलाई सक्रिय बनाएको बताए । बिभिन्न पक्षबाट प्राप्त प्रतिक्रियाअनुसार अभियानले मतदातामाझ चासो बढाएको बताउँदै पाण्डेले निर्वाचन लक्षित घरदैलो कार्यक्रमले मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने रणनीतिमा सहयोग पुर्‍याईरहेको प्रतिक्रिया दिए । युवा पुस्ताको प्रतिनिधिका रुपमा आफुलाई प्रस्तुत गर्दै आईहरेका पाण्डेले युवा लक्षित अभियान समेत संचालन गरीरहेका छन ।

नेकपा (एमाले) का उम्मेदवार सूर्य ढकालले गाउँ-गाउँ पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना तथा प्रतिबद्धता सार्वजनिक गरिरहेको बताए । घरदैलो भेटघाटका क्रममा ढकालले विकास, सुशासन र समावेशी नेतृत्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जनताका अपेक्षा सम्बोधन गर्ने आश्वासन दिईरहेका छन ।

त्यसैगरी काँग्रेसबाट उम्मेदवार बनेका नारायण गौंडेलले समेत घरदैखो अभियानलाई तिब्रता दिएका छन । मसिनो ढंगले जनताको समस्या बुझ्ने र आगामी रणनिती बनाउने अभियान तिब्र पारीएको काँग्रेस स्रोतले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश चौधरी, श्रम संस्कृती पार्टीका भरत निधि तिवारी, प्रगतिशिल लोकतान्त्रीक पार्टीका कृष्णा के.सी. सहित अन्य दलका उम्मेदवारहरुले पनि घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन ।

सोही प्रकारले क्षेत्र नम्बर २ र ३ का उम्मेदवार पनि घरदैलो अभियानमा व्यस्त छन । क्षेत्र नम्बर २ का नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले हालसम्म नेपालगन्ज र डुडुवाका धेरै स्थानमा पुगेर मतदातासँग भेट गरी समस्या सुन्ने काम गरिरहेको बताए । उनले विगतमा आफूले गरेका कामको मूल्याङ्कन जनताले गरेको पाएको जनाउँदै थप विकासका लागि मतदाताले अनुरोध गरेको बताए । जनतासँगको भेटघाटबाट आफू उत्साहित भएको पूर्वमन्त्री राईको भनाइ छ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले पनि घरदैलो अभियानलाई तीव्र पारेको बताउँदै यस पटक कांग्रेसप्रति जनउत्साह देखिएको दाबी गरे ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले टोल-टोलमा पुगेर सडक, खानेपानी, सरसफाइ, रोजगारी र युवा सहभागिताका विषयमा मतदातासँग खुलेर छलफल गरीहरेको बताए । स्थानीयले राखेका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै उनले ती विषयहरूलाई आगामी दिनमा नीति र कार्यक्रममार्फत समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आएका छन ।

भेटघाटका क्रममा बिष्टले यसपटक परिवर्तन र जिम्मेवार नेतृत्वका लागि आफूलाई अवसर दिन आग्रह गर्दै आफ्नो चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न मतदातासमक्ष अपिल गर्दै आएका छन ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठ, राप्रपाका ऋषिराज देवकोटा, जसपा नेपालका कमरुद्दिन राई सहित अन्य दलका उम्मेदवारहरुले पनि घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन । उनीहरूले टोल-टोल र गाउँ-गाउँमा पुगेर जनतासँग सुझाव लिने, छलफल गर्ने तथा समस्या बुझ्ने काम गरिरहेका छन ।

क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिपक जि.एम.ले ब्यवस्थित रुपमा घरदैलो अभियान संचालन भईरहेको बताए । घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरीरहेका छन ।

स्थानीय जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो सहभागिताले बाँके-३ मा नेपाली कम्युनिस्ट पार्टीको चुनावी अभियान थप मजबुत बन्दै गएको संकेत देखिएको पार्टी नेताहरूले बताएका छन्।

त्यसैगरी नेपाली काँग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रीक पार्टी लगाएतका विभिन्न दलका उम्मेदवारहरुले समेत आक्रामक रुपमा घरदौलो अभियानलाई तिब्रता दिईरहेका छन ।

फागुन ४ गतेदेखि प्रचारप्रसारको औपचारिक समय सुरु हुने भएकाले त्यसअघि मतदाताका समस्या सुन्ने काम गरिरहेको अधिकांश उम्मेदवारको भनाइ छ।

  • २ फाल्गुन २०८२, शनिबार १६:४२ प्रकाशित
  • Nabintech