१२ बैशाख २०८१, बुधबार
बैजनाथ गाउँपालिकालाई अर्गानिक बनाईने
  • काँचुली खबर

बाँकेको बैजनाथ गाउँपालिकालाई अर्गानिक खेति युक्त गाँउपालिकाको रुपमा विकास गरिने बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बताएका छन् । रुचालले जिवन बाँच्नका लागि मात्र नभएर व्यवसायिक रुपमा कृषि संचालन गरिनु पर्ने बताए ।
सामाजिक विकास मंच एस.डि.एफ. द्धारा सिकाई आदान प्रदानमा अध्यक्ष रुचालले बैजनाथ गाउँपालिका कार्यालय क्षेत्र भित्र आग्रनीक खेति गर्नेहरुकालागि गाउँपालिकाले महत्व दिएर आवश्यक बजेट विनियोजन गरिने विश्वास प्रकट गरे । सामाजिक विकास मंच (एसडि एफ) बाँके कार्यक्रम अधिकृत गंगा राईले विगत ३ वर्षका उपलब्धीहरु प्रस्तुत गरेकी थिइन् । क्याबि ईण्टरनेशनल लामो समय देखि बिश्वव्यापि रुपमा साउथ एसिया कार्यलयको रुपमा छिमेकि देश भारतको दिल्लीमा कार्यालय राखेर कृषि क्षेत्रमा काम गर्दै आई रहेको अन्तराष्ट्रिय सँस्था हो ।
नेपाल सरकारसँग समन्यन गर्दै उक्त संस्थाले स्थानीय गैर सरकारी संस्था मार्फत नेपालमा काम गर्दै आइरहेको छ । आई.डि.ई नेपालले २५ बर्ष देखि नेपालमा साना सिँचाई तथा उन्नत खेती मार्फ साना किसानहरुको आयआर्जन बृद्धि गर्ने कार्यमा केन्द्रित रही नेपाल सरकारसँग समन्वय गरी काम गर्दै आईरहेको गंगा राइले कार्यक्रममा जानकारी गराईन् ।
राइले बैजनाथ गाउँपालिका कार्यालय अन्र्तगत पर्ने वडा नं १ चिसापानीमा २१ वटा समूह निमार्ण गरी ४ सय २१ जनाले लाभ लिएको तथ्याङकमा उल्लेख गरिएको छ भने साविक नौवस्ता गाविस हाल बैजनाथ गाउँपालिका वडा नं. ३ मा १६ वटा समूह निर्माण गरी ३ सय ७५ जनाले लाभ लिएको पाईएको छ । नर्सरी उत्पाद, विउँ विजन लगाएका क्षेत्रमा उल्लेखनिय प्रगति भएको तथ्याङकले जनाएको छ ।
३ वर्षको सिकाई आदान प्रदान कार्यक्रममा २० जना सामुदायिक सहजकर्ताहरु प्लान डाक्टर उत्पादन गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिकाका वडा अध्यक्ष कार्यापालिका सदस्य बैजनाथ गाउँपालिका प्रवक्ता गुमान सिह दमाई प्रमुख प्रशासकिय अधिकृत समाजिक विकास मंच बाँकेका पदाधिकारी कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

  • २६ श्रावण २०७५, शनिबार १४:५५ प्रकाशित
  • Nabintech