१३ बैशाख २०८१, बिहीबार
“अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने अमेरिकाको घोषणा
  • काँचुली खबर

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका थिए । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उनको भनाई छ ।

तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।

तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त छन, र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ ।

“हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,” पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने ।

“अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,” उनले भने। उनले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न काँग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसकेको पनि जानकारी दिए ।

पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दैै भने, “स्पेश फोर्स अब गठन भयो ।”

  • २६ श्रावण २०७५, शनिबार १४:१९ प्रकाशित
  • Nabintech