८ बैशाख २०८१, शनिबार
एम्बुलेन्स चालकलाई प्राथमिक उपचार तालिम
  • काँचुली खबर

बाँके जिल्लामा संचालनभई रहेका एम्बुलेन्सका चालकहरुलाई ४ दिने प्राथमिक उपचार तालिम दिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा बाँके जिल्लामा संचालित हब हस्पीटल कार्यक्रमको आयोजनामा उक्ततालिम शुक्रवार नेपालगन्जमा सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बाँकेका प्रमुखजिल्ला अधिकारी मदन भुजेलले चालकहरुले यस्तो तालिमलिनु अनिवार्य भएको बताउदै रेडक्रसको मानवीय कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले एम्बुलेन्स संचालन नीतिगत व्यवस्थाको बारेमा चर्चा गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापतिगोवर्धन सिंह सम्झनाले जिल्लामा संचालित सबै एम्बुलेन्स चालकहरुलाई तालिमदिने योजना रहेको जानकारी दिएका थिए ।

तालिममा प्राथमिक उपचारका सिद्धान्त, घाइतेको जाँच, बेहोसी, रक्तश्राव, हाड भँचाइ, घाउचोट पटक, पट्टीकोप्रयोग, ट्रियाज, घाइतेको ओसार पसार लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास गराइएको थियो । तालिममा एम्बुलेन्स चालक, ट्राफिक प्रहरी, गाउँपालिकाका प्रतिनिधि, बरुण यन्त्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रास सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम के।सी।, नेपाल रेडक्रास सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, राप्तीसोनारी गाँउपालिका ६ नं वडाका वडा अध्यक्ष जनकबहादुर थारु लगायतले विचार राखेका थिए । तालिमको संयोजकमा रेडक्रस बाँकेका कार्यालय प्रमुख निरञ्जना मल्ल, सहजकर्ताहरुमा सरिता सिंह, झवीलालशर्मा, प्रहलाद विश्वकर्मा र गौरीलाल बुढाथोकी रहेका थिए । कार्यक्रमको व्यवस्थापन तथा संचालन कार्यक्रम अधिकृत तारा बुढाथोकीले गरेका थिए ।

 

स्रोत : हातेमालो अनलाईन

  • २५ श्रावण २०७५, शुक्रबार २०:२५ प्रकाशित
  • Nabintech