१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज नाकाबाट २ सय ३० केजी मरिच बरामद
  • काँचुली खबर

नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो । २ सय ३० केजी मरिच सहित अटो रिक्सा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज नाका हुदै भारत तर्फ लैजादै गर्दा सशस्त्र प्रहरी सहायक निरीक्षक शेर बहादुर बुढाक्षेत्रीको कमाण्डमा खटिएको मोवाईल पेट्रोल टोलीले उक्त अवैध मरिच बरामद गरेको हो । २ सय ३० केजि मरिचको मुल्य २ लाख ३ हजार ५ सय मुल्य बराबरको पर्ने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर बाँके नं. ३० गण नेपालगंजका एसपी भेष बहादुर शाहले जानकारी दिए । अहिले सम्मकै ठुलो परिणामको मरिच बरामद गरिएको एसपी शाहले बताए । ८ वटा बोरामा रहेको उक्त मरिच ना २ स ७२६ नं. को अटोरिक्साबाट भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पारिएको उहाँले जानकारी दिए । अटो रिक्सा चालक भने फरार रहेको एसपी शाहले बताए । सशस्त्र प्रहरीले बरामद गरेको मरिच र अटो रिक्सा नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको एसपी शाहले जानकारी दिए ।

  • २५ श्रावण २०७५, शुक्रबार १५:५४ प्रकाशित
  • Nabintech