१५ चैत्र २०८०, बिहीबार
आगामी शनिबारदेखि बाँके स्कुल आईडल–२०७५ सुरु
  • काँचुली खबर

बाँके / बाँकेमा पहिलो पटक विद्यालयहरुलाई लक्षित ‘गर्दै बाँके स्कुल आईडल–२०७५’ प्रतियोगिता हुने भएको छ । मिडिया ल्याव प्रोडक्सन प्रा।लिको आयोजनामा हुन लागेको सो प्रतियोगिता आगामी साउन २६ गते शनिबारदेखि सुरु हुने गरी तयारी अगाडि बढाईएको छ ।
विद्यालय स्तरबाटै नेपाली कला र संस्कृतिको संरक्षण तथा पहिचानको लागि आईडल प्रतियोगिताको आयोजना गरिएको आयोजक मिडिया ल्यावका अध्यक्ष भरत महतोले जानकारी दिए ।
उनले भने–‘एउटा विद्यालयको एक समूह मात्र सहभागि हुन पाउने र प्रतियोगितामा ४ देखि ८ जना सम्मले समुह बनाएर नृत्य गर्न सक्नेछन । । विद्यालयको दर्ताको लागि २ हजार ५ सय दर्ता शुल्क तोकेका छौ ।’ उनले प्रतियोगिताको लागि २५ विद्यालयका २ सय प्रतिश्पर्धी सहभागि हुने अपेक्ष लिएको जानकारी दिए ।
उनले आईडल प्रतियोगिता जति अन्तिममा आएर विबादमा पर्ने गरेको प्रसंगलाई जोड्दै भने–‘हामीले नो टिकट नो भोटिङ्गको कन्सेप्टमा मात्र प्रतिभा प्रर्दशनलाई आधार बनाएका छौ । एसएमएसमा एक मोबाईलबाट १० वटा मात्र एसएमएस लिने व्यवस्था मिलाएका छौ ।’
सो प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार नगद र ट्रफि, फस्ट रनरअफले ७१ हजारका साथमा मेडल ट्रफि र सेकेन्ड रनरअपले ५१ हजार सहित मेडल ट्रफि पाउने छ । उनले २० विद्यालयको रजिस्टे«सन भईसकेको बताए ।
६ चरणमा सम्पन्न हुने सो प्रतियोगिताको ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको जानकारी दिदै २६ साउनदेखि पहिलो अडिशन सुरु हुने छनौट अडिशन नेपालगन्ज र कोहलपुरबाट सुरु गरिने आयोजकले जनाएको छ ।

  • २५ श्रावण २०७५, शुक्रबार ०९:४३ प्रकाशित
  • Nabintech