३० कात्तिक, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गर्दै आएको पाईएको छ । तीन जनाले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि पठनपाठन समेत अवरुद्ध हुन थालेको छ ।
तीन जनाले आफूलाई प्रधानाध्यापक घोषणा गरेर पठनपाठन अवरुद्ध पार्दै आएको जानकारी गाउँपालिकामा पुगेपछि सो विवाद समाधान गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पालिकाका अनुसार नरैनापुर-६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि सो विद्यालयका तीन शिक्षक अम्बरलाल यादव, अफसर अली मुकेरी र सन्देश शर्माले आफूलाई प्रधानाध्यापक घोषित गरी काम गर्न खोजेपछि विद्यालयको पठनपाठन अवरुद्ध भई दैनिक जसो विवाद हुने गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले तिनै जनाले आफूलाई वैधानिक प्रधानाध्यापक बताउँदै विद्यालयको कागजपत्र कब्जा गर्ने प्रयास गर्दा सो विद्यालयको पठनपाठन अवरुद्ध भएको बताए । उनले विद्यालयको विवाद गाउँपालिकामा पुगेपछि पालिकाले सोबारेमा अध्ययन अनुसन्धान गरेर तत्काल लागु हुने गरी अम्बरलाल यादवलाई जमुनी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरेको जानकारी दिए ।
यादवको प्रधानाध्यापकमा नियुक्तिसंँगै अफसर अली मुकेरीको काज फिर्ता गरिएको र सन्देश शर्मालाई सोही विद्यालयमै रहेर शिक्षण गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए ।
स्थानीय अभिभावक हरिहर यादवले तीन जनाले प्रधानाध्यापक दाबी गर्दा विद्यालयमा पढाइ रोकिएको र कुर्सी तथा रजिस्टर तानातान हुँदै आएको जनाउँदै बालबालिका विद्यालय जानै छाडेको बताए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय सरकार गठन हुनुभन्दाअघि पालिकामा रहेका अधिकांश विद्यालयको अवस्था निकै चिन्ताजनक रहेको बताउँदै गत आठ वर्षको अवधिमा सुधारका प्रयास भएका दाबी गरे ।
उनले अझै पनि जमुनी माविमा प्रधानाध्यापकका लागि यस्तो तानातान भएको पाईएकोले अब त्यस्तो हुन नदिन सचेतता अपनाइने बताए । स्थानीय अधिकांश अभिभावकले अब विद्यालयमा पठनपाठन सुचारु हुने आशा व्यक्त गर्दै बालबालिकाको भविष्यप्रति चिन्ता गर्न सबैसंग अनुरोध गरेका छन् ।
१ मंसिर २०८२, आईतवार १४:०० प्रकाशित