१२ बैशाख २०८१, बुधबार
बाँकेमा आत्महत्याको दर घट्यो
  • काँचुली खबर

बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले बढि जसो आत्महत्या गर्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरि उपरिक्षक टेक बहादुर तामाङले जानकारी दिए ।
तामाङले दिएको जानकारी अनुसार आव २०७२|०७३ मा ११९ जनाले आत्महत्या गरेका थिए । जसमा विष सेवन गरि आत्महत्या गर्नेको संख्या ४३ र झुण्डीएर आत्महत्या गर्नेको संख्या ७६ रहेको थियो ।
तर गत आव २०७३|०७४ मा जिल्लाभित्र ७६ जनाले मात्र आत्महत्या गरेका छन । जस मध्य विष सेवन गरि ३१, झुण्डीएर ४४ र १ जनाले आत्मदाह गरि आत्महत्या गरेका छन । त्यस्तै आव २०७४|०७५ मा जम्मा ३२ जनाले आत्महत्या गरेको पाईएको छ । १६ जनाले विष सेवन गरि आत्महत्या गरेका हुन भने ३२ जना झुण्डीएको अवस्थामा फेला परेको प्रहरीको तथ्याङकले देखाएको छ ।
आफुले सोचेको कुरा पुरा नहुनु, गर्न खोजेको काममा असफल हुनु र घरेलु हिंशाबाट पिडीत भई न्याय नपाउदा आफ्नो जिवन देखि हरेस खानु लगायतका कारणले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरि उपरिक्षक तामाङ बताउँछन ।
आत्महत्या गर्नू कानुनी रुपमा अधिकार नभए पनि जिन्दगीमा निराशाका कारण आत्महत्या हुने गरेको तामाङले बताए । आत्महत्या रोक्नको लागि ब्यक्ति निराश र तनावमा भएको अवस्थामा विषेशगरि परिवारको सहयोग र साथ अपरिहार्य हुने उनको भनाई छ ।
आत्महत्या रोक्नका लागि कानुन मात्र बनाएर नहुने बताउदै तामाङ्गले परिवार, समाज, सरकार र संघसंस्था सबै पक्षबाट सचेत हुनुपर्ने बताए ।

  • २३ श्रावण २०७५, बुधबार १८:०० प्रकाशित
  • Nabintech