५ असोज, नेपालगन्ज । बाँकेका सरकारी कार्यालयहरू चोरहरूको निशानामा पर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालयसँग जोडिएको नेपाल टेलिकमको नेपालगन्जस्थित उप-प्रादेशिक कार्यालयमा केबलको तार चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई शनिबार राति स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल टेलिकम उप-प्रादेशिक कार्यालय नेपालगन्जका सूचना अधिकारी मुक्ति ज्ञवालीले कार्यालयको परिसरभित्र राखिएको करिब ४३ लाख मूल्यको केवल चोरी भएको जानकारी दिए ।
सूचना अधिकारी ज्ञवालीले भने, “टेलिकमले नयाँ केवल जडान गरेको स्थानबाट ल्याएर राखिएका पुराना केबल तार चोरी भएको छ, कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित जानकारी गराइएको छ ।”
केवलभित्र रहेको तामाको तार चोरी भएको टेलिकमले जनाएको छ । शनिबार प्रहरीले पक्राउ गरेका व्यक्ति कोहलपुरका अमिर खान भएको टेलिकमले जनाएको छ । खानसहित केही व्यक्तिहरू शरीरमा चिप्लो पदार्थ घसेर आएको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले जनाएका छन् ।
५ आश्विन २०८२, आईतवार १४:३९ प्रकाशित