२० भदौ, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले बताए ।
उहाँले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिन सकिए बिरामी पुरानै अवस्थामा फर्किने सम्भावना अत्यधिक हुने हुँदा यो अति नै महत्त्वपूर्ण भएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पुर्याउन सके सो इन्जेक्सनको सहयोगले बिरामी पूर्ण निको हुने सम्भावना धेरै रहेको डा. पाण्डेले बताए ।
एक भायल ८० हजार रुपियाँ पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिने भएपछि यसबाट धेरै गरिब र विपन्नको ज्यान जोगाउन सहयोग पुग्ने भएको छ ।
पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताए । भरतपुर, काठमाडौँ लगायतका सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइने गरे पनि भेरी अस्पतालमा भने उपलब्ध थिएन ।
तर प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदी, मेडिसिन विभाग प्रमुख डा. पाण्डे लगायतको पहलमा भेरीमा पनि अल्टेप्लेज इन्जेक्सन अव निःशुल्क पाइने भएको हो । अस्पतालको यो पहलले नेपालगन्ज मात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्कघातका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीहरूको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय र समन्वित उपचार प्रदान गर्नु हो । यो कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई समेत सुनिश्चित गरेको छ ।
मस्तिष्कघात भएका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा छिटो पुर्याउनुपर्नेदेखि अत्यावश्यक औषधी र उपचारका सुविधाहरू निःशुल्क उपलब्ध गराउने सुनिश्चितता यस कार्यविधिमा गरिएको भेरी अस्पतालले जनाएको छ ।
त्यसैगरी मस्तिष्कघातको जोखिम, लक्षण र प्राथमिक उपचारबारे परिवार र समुदायमा सचेतना फैलाउने कुरालाई बिशेष जोड दिनुपर्ने चिकित्सकहरुले जनाएका छन् ।
२० भाद्र २०८२, शुक्रबार १३:५९ प्रकाशित