बालक हत्या प्रकरणमा आमासहित नौ जना कारागार चलान
  • काँचुली खबर

१६ भदौ, कोहलपुर । बाँकेको बैजनाथमा मृत फेला परेका बालकका आमा र शौतेला बुवा सहित ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । गत वैशाख १५ गते बैजनाथ गाउँपालिका-४ स्थित नौलापुरमा हत्या गरिएको अवस्थामा नौ वर्षीय बालक कुशल बुढाको शव भेटिएको थियो ।

बुढाको हत्या आरोपमा उनकी आमा, सौतेला बुवा, एक बालक र एक भारतीयसहित नौ जना कारागार चलान भएका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जिल्ला अदालत बाँकेले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरी भट्टराईका अनुसार कुशलको हत्या प्रकरणमा कारागार चलान हुनेमा कोहलपुर नगरपालिका-११ मा भाडाको कोठामा बस्दै आएकी ३१ वर्षीया आमा यशोदा बुढा, सौतेला बाबु दैलेखको दुल्लु नगरपालिका-१० घर भई कोहलपुर बस्दै आएका ३३ वर्षीय निरकनाथ योगी, कोहलपुर-४ गोवा गाउँ गफारपुर टोलका रमजान नाँउ, ४३ वर्षीय मोहम्मद सरिफ नाउँ, ४५ वर्षीय जमीन नाँउ रहेका छन् । यसैगरी, सोही टोलका ५४ वर्षीय सब्बिर नाँउ र २४ वर्षीय सकिल नाँउ रहेका छन ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा भारतीय नागरिक बहराइच जिल्ला थाना मोतिपुर गाउँ मिहीपुरुवाका २४ वर्षीय निमामुद्दिन नाँउसमेत रहेका छन् । उनी कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोकमा साइकल बनाउने काम गर्दै आएका थिए ।

घटनामा संलग्न एक बालकलाई भने बाल सुधारगृहमा पठाइएको छ । भारतको बहराइच जिल्ला थाना मोतिपुर गाउँ मिहीपुरुवा घर भई कोहलपुर-१२ चपरगौरीमा कपाल काट्ने पेसा गर्ने १७ वर्षीय सल्मान सल्मानी भनिने अजमेर अलीलाई बाल सुधारगृहमा पठाइएको प्रहरी निरीक्षक भट्टराईले बताए । ‘पुर्पक्षका लागि कारागार चलान गरिएकाहरू नै हत्यामा संलग्न मुख्य आरोपी हुन् । मुद्दाको अन्तिम फैसला हुन बाँकी छ,’ उनले भने ।

हत्यापश्चात् प्लाष्टिकमा बेरिएको अवस्थामा शव भेटिएको थियो । कोहलपुर माध्यमिक विद्यालय कोहलपुर-११ मा कक्षा ३ मा अध्ययन गरिरहेका नौ वर्षीय कुशल बुढा गत वैशाख ८ देखि हराइरहेका थिए ।

अनुसन्धानको क्रममा प्रतिवादी जमिर नाउँलगायत बुढालाई सोहीदिन कोहलपुर-११ गोलपार्क नजिकबाट अपहरण गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । कुशललाई साइकल चलाइरहेको बेलामा उनीहरूले चकलेट र मिठाइ दिएर उनले चलाएको साइकलसहित अटोमा राखेर लिएको बयान प्रतिवादीहरूले दिएका थिए । हत्या प्रकरणमा जोडिएका एक जना अझै फरार रहेका छन् ।

वैशाख ९ गते हाल पुर्पक्षका लागि कारागारमा रहेकी यशोदा बुढाले इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरा हराएको भन्दै निवेदन दिएकी थिइन् ।

१५ गते कुशलको शव बीभत्स रूपमा हत्या गरिएको अवस्थामा भेटिएको थियो । सोहीदिन कुशलका हजुरबुवाको किटानी जाहेरीको आधारमा कोहलपुर प्रहरीले यशोदा र निरकलाई पक्राउ गरेको थियो । उनीहरू श्रीमान् श्रीमती हुन् । यशोदाको निरकसँग दोस्रो विवाह थियो । यशोदाको माइती घर कैलाली हो ।

कुशलका बुवाको सात वर्षअघि नै मृत्यु भइसकेको थियो । बुबाको मृत्यु हुँदा कुशल डेढ वर्षका मात्रै थिए । यशोदा चिसापानीस्थित एक संस्था-कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्थिन् ।

  • १६ भाद्र २०८२, सोमबार १५:५६ प्रकाशित
  • Nabintech