६ बैशाख २०८१, बिहीबार
श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली
  • काँचुली खबर

एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ ।
कोहलपुर नगरपालिका-४ बेलनपुरका २९ वर्षीय बेडुवाले वि.सं. २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले
कारागारमा रहेकाले उनका ६ छोराछोरी बिचल्लीमा परेका हुन् । उनले झारफुक गर्न जाने भन्दै श्रीमतीलाई तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेका थिए ।
हाल टुहुरा जस्तै बानेका उनीहरु जहाँ जान्छन् त्यहीँ खान्छन् ।
कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोरोले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाको भाइबुहारी आसरा खानले बताईन ।
‘गरिबीका कारण आफ्नै ज्यान त पाल्न गाह्रो छ तर पनि हामी जे खान्छौ उनीहरूलाई त्यही खुवाउँछौँ’ आसराले भनिन ‘बालबच्चालाई कसैले सहयोग गरे उनीहरुको भविष्य उज्वल हुने थियो । ससाना बच्चा छन, कहिले काँही पढ्न जान्छन् तर प्राय मागेरै छाक टार्दै हिँड्ने गर्छन् ।’
‘अरुको घरमा काम गरेर बाल बच्चा र आफ्नो छाक टार्ने गरेकी छु’ बेडवाकी आमा सुन्दरीया खानले भनिन, ‘छोरा कारागारमा बसेपछि उसका सन्तानलाई समस्या भएको
छ । कसैले वास्ता नगरेकाले तिनले छाक टार्नकै लागि छिमेकीका गाईगोरु चराएर गुजारा चलाउने गरेका छन् ।’

  • २१ श्रावण २०७५, सोमबार १७:५३ प्रकाशित
  • Nabintech