लामो समयदेखि परिवारसँग सम्पर्कमा नरहेका कृष्णप्रसाद अधिकारी हत्या घटनाका जाहेरीकर्ता तथा उनका भाई नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाले आइतबार उनलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
उनकी आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया महिनौं अनसन बस्दा पनि नुरप्रसाद उनलाई भेट्न आएका थिएनन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नुरप्रसादलाई परिवारको जिम्मा लगाइने अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। आफूलाई सुरक्षा थ्रेट रहेको र आमासँग केही विवाद रहेकाले आफू सम्पर्कमा नबसेको उनले बताएका छन्। सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। २०६१ जेठ २४ मा चितवन रत्ननगरमा तत्कालीन माओवादीले उनको हत्या गरेको थियो।
सो मुद्दामाथि आइतबारदेिख चितवन जिल्ला अदालतमा बहस सुरु भएको छ। छोराका हत्यारालाई कारबाहीको माग राखी अनसन बसेकौ अवस्थामा बुबा नन्दप्रसादको ०७१ असोजमा मृत्यु भएको थियो। छोरा नुरप्रसादले बुबाको दाहसंस्कार समेत गर्न मानेका छैनन्।
२० श्रावण २०७५, आईतवार १८:०० प्रकाशित