८ बैशाख २०८१, शनिबार
पुस्तकालयामा चरम राजनितीकरण
  • काँचुली खबर

कोहलपुर – कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई काँग्रेसीकरण गर्न खोजिएको आरोप लागेको छ । १७ औं वार्षिक साधारण सभा तथा अधिवेशन भई रहदा निर्णय नगरिकनै १ सय ५० जना साधारण सदस्य थप गरि बर्तमान कार्यसमितीले काँग्रेसीकरण गर्न खोजेको पुस्तकालयका आजिवन सदस्य महेश बस्नेतले बताए ।
उनले २०७५ साउन १ गतेको कार्यसमितीको बैठकले साधारण सदस्य र आजिवन सदस्य माग गर्ने निवेदन उपर छलफल गर्दा आजिवन सदस्य मात्रै बितरण  गर्ने निर्णय गरिएकोमा निर्णय बेगर १ सय ५० सदस्य थप गरेर पुस्तकालय कब्जा गर्न खोजिएको दाबि गरे । उनले साधारण सदस्यता बितरण गर्न बिधानले नरोकेको भएपनि समितीको निर्णयमा साधारण सदस्यता बितरण गर्ने बिषय कहि–कतै उल्लेख नभएको उनको दाबि छ ।
यसै बिच शनिबार भएको ज्ञानोदय पुस्तकालय तथा श्रोत केन्द्रको साधारण सभा अधिकाशं सदस्यले बहिस्कार गरेका छन । निर्णय बेगर थपिएका साधारण सदस्यलाई खारेज पछि मात्रै आफुहरु अधिबेशनमा सहभागि हुने आजिवन सदस्य तेज प्रसाद चापागाईले बताए । उनले आफुहरुले पटक पटक ध्यानकर्षण गराउँदा समेत वर्तमान कार्यसमिती निकास तिर लाग्नुको सटा झन समस्या गाठो पार्न लागिपरेको दाबि गरे । उनले निर्णय बेगर थप गरिएका साधारण सदस्यलाई हटाएर साधारण सभा तथा अधिबेशनको अर्को मिती तय गर्न माग गरेका छन । चापागाईका अनुसार साधारण सभा बारे अधिकाशं आजिवन सदस्यहरुलाई जानकारी नै दिईएको छैन ।
पुस्तकालयको साधारण सभाको १५ दिन अगाडिनै जनकारी सदस्यहरु लाई जनकारी दिनु पर्ने बिधानमा ब्यवस्था भएपनि त्यसो नभएको उनको जिकीर छ । उनले साधारण सदस्यहरुको नामावली टुंगो साउन ८ गते मात्रै भएको भएपनि पुरानो मितिमा कसरी चिठि काटियो भनि प्रश्न गरे । साउन १ गने आजिवन सदस्यको नामावलि टुगो लागकोको भएपनि ८ गते सम्म पैसा तिरेर सदस्य बन्ने समय तोकिएकाले ८ गते मात्रै सदस्य टुंगो लागेको उनको दाबि छ । साधारण सभाको निम्ताकालागि बितरण गरिएको चिठीमा साउन
४ को मिती राखिएको छ ।
पुरानो मितीमा चिठी काटेर हतार–हतार साधारण सभा गर्नु, निर्णय नभएको सदस्य लाई साधारण सदस्य बनाएर साधारणसभा तथा अधिबेशन गनुले पुस्तकालय कब्जा गर्ने मनसाय रहेको बुझीने उनको दाबि छ । आजिवन सदस्य चापागाईले साधारण सभाको उद्घाटन सत्रमा ६० प्रतिसत सहभागिता चाहिने भन्दै केहि आफु नजिकका मानिसहरुलाई मात्रै बोलाएर उद्घाटन सत्रको नाटक मञ्चन गरिएको भन्दै आक्रोश ब्यक्त गरे । साधारण सभाको उपस्थितीका लागि प्रयोग गरिएको रजिस्टर नाटकिय ढंगले कब्जा गरि फर्जि हस्ताक्षर
गरिएको हुन सक्ने उनको आशंका छ । यता पुस्तकालयको सदस्यता बितरणमा स्वेच्छाचारी भएको भन्दै केहि साधारण सदस्यले जिल्ला प्रशासन कार्यलयमा दिएको निवेदन उपर छलफल गर्नका लागि पुस्तकालयका अध्यक्ष लिल बहादुर रानालाई आईतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बोलाईएको छ । शुक्रबार एक समुहले सदस्यता बिवाद छानबिनका लागि निबेदन दिए सँगै सो बारे छलफल गर्न रानालाई प्रशासनले आईतबार बोलाएको हो । अध्यक्ष रानाले सदस्यता बिवाद बारे प्रशासन कार्यालयले बोलाएको स्विकार गदै आईतबार सबै आधार र प्रमाण सहित आफु प्रशासन कार्यलय जाने बताए । अध्यक्ष रानाले एक पक्षले बहिस्कार गरेपनि बहुमत सदस्य सहित शनिबार उद्घाटन सत्र सम्पन्न भएको दाबि गरे । उनले बर्तमान कार्यसमित बिघटन गरि निर्वाचन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डल गठन गरिएको र मंगलवार चुनाव गरि नयाँ कार्यसमिती चएन गरिने बताए ।

  • २० श्रावण २०७५, आईतवार १०:४२ प्रकाशित
  • Nabintech