१४ बैशाख २०८१, शुक्रबार
मस्कोमा हेलिकप्टर दुर्घटना : १८ को मृत्यु
  • काँचुली खबर

रसियाको क्रास्नोयारस्कले क्षेत्रमा भएको एम-आइ ८ हेलिकप्टर दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनापछि लागेको आगोका कारण हेलिकप्टरमा सवार सबैजनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। मृत्यु हुनेहरुमा १५ जना यात्रु रहेका थिए भने तीन जना चालक दलका सदस्य थिए।

उक्त हेलिकप्टरमा उटएयर एयरलायन्सले संचालन गरिरहेको आपतकालीन सेवाका अधिकारीहरुले बताएका छन्। प्रारम्भीक रिपोर्ट अनुसार उक्त हेलिकप्टर मजदुरहरुलार्इ तेल खानीमा ओसार्न प्रयोग भएको जनाइएको छ। हेलिकप्टरले दुई किलोमिटरको उडान तय गरिसकेपछि दुर्घटनामा भएको एक्सप्रेसले जनाएको छ। प्रहरीले कार्गो बोकीरहेको अर्को हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना भएको बताएको डेलीस्टारले जनाएको छ। दुर्घटनास्थलबाट दुवै हेलिकप्टरको फ्लाइट रिकर्डरहरु फेला परेको र दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उद्दार टोलीका प्रवक्ताले जानकारी दिएका छन्।

 

बिभिन्न एजेन्सीको सहयोगमा

  • १९ श्रावण २०७५, शनिबार १५:५६ प्रकाशित
  • Nabintech