१४ बैशाख २०८१, शुक्रबार
राप्तीपारीको विद्युत विस्तारमा सांसद नमुनाको चासोः
  • काँचुली खबर

प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) ले बाँकेको सोनारी–बघौडा ग्रामीण सामुदायिक विद्युतीकरणको बिषयमा विद्यूत् प्राधिकरणका अधिकारीहरुसँग छलफल गरेकी छन । विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेर प्रदेश सांसद नमुनाले शुक्रबार विद्यूत् विस्तारमा भइरहेको प्रगती र अवस्था बारे जानकारी लिएकी हुन । उनले कार्यालय प्रमुख मनोज सिहं तथा अन्य अधिकारीहरुसँग लामो समयदेखि रोकिराखिएको राप्तीपारी क्षेत्रको विद्यूतको काम अब कसरी छिटो भन्दा छिटो अगाडि बढाउन सकिन्छ भन्ने बारेमा झण्डै २ घण्टा छलफल गरेकी छन । मन्त्रिपरिसद्को बैठकले कोहलपुर-धामपुर ३३ हजार के.भि. प्रसारण लाइनको राइ अफ वे निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै अब कसरी छिटो काम अगाडि बढाउने भन्ने बिषयमा प्राधिकरणका अधिकारीसँग सांसद नमुनाले छलफल गरेकी हुन ।
जनार्दन शर्मा उर्जामन्त्री भएको बेला बर्षौदेखि रोकिएको प्रसारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गराउनको लागि सांसद नमुनाले फाइल खोजेर फेरी प्रक्रिया अगाडि बढाउनको लागि पेश गरेकी छन । उतीबेला मन्त्रालयमा पेश गरिएको बिषयले केही दिन अघि मात्र बसेको मन्त्रिपरिसद्को बैठकले प्रसारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै पुर्णता पाएको छ । कोहलपुर-धामपुर ३३ हजार के.भि. प्रसारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएसँगै अब विद्यूत् विस्तारको काम तिव्र गतीमा अगाडि बढाउन प्राधिकरणका अधिकारीहरुलाई उनले आग्रह गरेकी छन । छलफलमा कार्यालय प्रमुख मनोज सिंहले ठेकेदार गुरुओम उष्मा प्रालिले चैत्र अन्तिमसम्म विद्यूतिकरणको काम सक्नेगरी नयाँ सम्झौता गरेको जानकारी दिए ।
सांसद नमुनाले मुख्य समस्या हल भइसकेको बताउँदै, अब सबै कामहरु एकैसाथ तिव्र रुपमा अगाडी बढाउन प्राधिकरणलाई आग्रह गरिन । प्राधिकरणका अधिकारीहरुलाई अब कुनै पनी समस्या देखाएर काम ढिलासुस्ती गर्न नहुने भन्दै उनले अब जती सक्दो छिटो राप्तीपारीमा बिजुली बत्ति बल्नुपर्ने बताए । ‘अब राप्तीपारीका जनता बिजुली बाल्न पाउने अधिकारबाट कुनै पनी हालतमा बञ्चित हुनुहुदैन’, सांसद नमुनाले भनिन, ‘त्यसैले काम छिटो सम्पन्न हुनेगरी काम थाल्नुहोस् ।’ विद्युत विस्तारका क्रममा अन्य कुनै समस्या आइपरे, आफुलाई भन्न आग्रह गर्दै उनले त्यस्ता समस्या छिटो भन्दा छिटो हल गर्न लागिपर्छु ।
धामपुरको सब-स्टेशनबाट साविकको बैजापुर र नरैनापुर गाविसमा विस्तार गरिने ११ हजार केभी वितरण लाइनको डिजाइन स्कृती गराउन भोलिबाट आफुले थाल्ने भन्दै काम सुरु गर्न लागि ठेकेदारलाई तयारी हालतमा बस्न सांसद नमुनाले आग्रह गरिन । ‘छिट्टै डिजाइन स्कृती भएर आउँछ, त्यसकालागि माथिल्लो तहमा पहल थालिसकेको छु, अब तपाईलाई ठेकेदारलाई तयारी हालतमा बस्ने भन्नुहोस् ।’ साँसद नमुनाले भनिन । कार्यालय प्रमुख सिंहले सांसद नमुनाको अथक पहलमा वन क्षेत्र प्रयोग गर्ने निर्णय भएको भन्दै अबको केहीदिनमा नै प्रक्रिया पुर्याएर रुख काट्नको लागि वन कार्यालयलाई पत्र लेख्ने बताए । प्राधिकरणबाट रुख कटानको लागि वन कार्यालयले पत्र पाइपछि उसले पनी आफ्नो प्रक्रिया पूरा गरेपछि रुख कटान गर्ने काम सुरु गर्नेछ, उनले भने । धामपुरको सब-स्टेशनबाट साविकको बैजापुर र नरैनापुर गाविसमा विस्तार गरिने ११ हजार केभी वितरण लाइनको डिजाइन स्कृती नहुँदा ठेक्का भइसक्दा पनी काम हुन सकेको छैन । छफफलमा सांसद नमुना, कार्यालय प्रमुख सिह कार्यालयका अन्य अधिकारीहरुको उपस्थिती रहेको थियो ।

  • १९ श्रावण २०७५, शनिबार १५:५१ प्रकाशित
  • Nabintech