१४ बैशाख २०८१, शुक्रबार
खत्रीको श्रद्धाञ्जली सभा सम्पन्न
  • काँचुली खबर

प्रदेश नं. ५ की साँसद कृष्णा के.सी. नमुनाका पिता चन्द्र बहादुर खत्रीकोे श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । स्व. खत्रीको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
श्रद्धाञ्जली सभामा सहभागी हुन बाँकेको ढकेरी आएका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्व. खत्रीको योगदानको चर्चा गरेका थिए ।
बरालले प्रदेश सरकार अझै एक वर्ष योजना निर्माणमै केन्द्रित रहने बताए । मन्त्री बरालले धेरै लामो संघर्षपछि नेपालमा स्थायी सरकार गठन भएकोले सरकारबाट जनताले धेरै अपेक्षा राखेको भन्दै शुक्ष्म रुपमा योजना निर्माण गर्न आवश्यक रहेको बताए ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपाका नेताहरु दलबहादुर सुनार, अशोक कोईराला, नरेन्द्र न्यौपाने, सुर्य ढकाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

  • १७ श्रावण २०७५, बिहीबार २२:२५ प्रकाशित
  • Nabintech