१४ बैशाख २०८१, शुक्रबार
विद्यार्थीहरुद्धारा सहायक क्याम्पस प्रमुखको राजिनामा माग
  • काँचुली खबर

वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको विषयलाई लिएर सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीले विद्यार्थी नेताहरुमाथी अभद्र ब्यवहार गरेको भन्दै उनिहरुले संयुक्त रुपमा अधिकारीको राजिनामा माग गरेका हुन ।
बिहिबार क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई भेटी विद्यार्थी संगठनका नेताहरुले २४ घण्टाभित्र सहायक क्याम्पस प्रमुख अधिकारीले राजिनामा दिनुपर्ने माग राखेका थिए ।
उक्त विषयमा बुभ्mदा क्याम्पस प्रमुख शर्माले क्याम्पसमा कार्यरत कार्यलय सहयोगीहरुले सिट प्लानिङमा हेरफेर गरेको पाईएकाले त्यसको छानबिन सुरु गरिएको बताए । उनले कर्मचारीहरुबाट कमजोरी भएको स्विकार गर्दै त्यस विषयमा सहायक क्याम्पस प्रमुखको कुनै संलग्नता नरहेको जिकिर समेत गरेका छन ।

  • १७ श्रावण २०७५, बिहीबार १८:३९ प्रकाशित
  • Nabintech