१३ बैशाख २०८१, बिहीबार
पटके रोगका कारण एकैदिन ३ चौपायाको मृत्यु
  • काँचुली खबर

कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु सेवा केन्द्र कोहलपुरबाट विशेषज्ञ झिकाएर परिक्षण गरिएको कोहलपुर वडा नं. ४ का वडा सदस्य सुरज जागाले जानकारी दिए ।
परिक्षण पछि पटके रोगका कारण पशुचौपायाको मृत्यु भएको खुल्न आएपनि हालसम्म उक्त रोगको कुनै भ्याक्सीन तयार नभएको विशेषज्ञले जानकारी दिएपछि स्थानियहरु झनै चिन्तित भएका छन । जागाका अनुसार ३ वटा चौपायामा पटके रोगको संक्रमण देखिएको छ ।

  • १७ श्रावण २०७५, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech