१३ बैशाख २०८१, बिहीबार
प्रदेश ५ का उद्योगमा चार अर्ब वैदेशिक लगानी भित्रियो
  • काँचुली खबर

प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४र७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । आर्थिक वर्ष ०७३|७४ को भन्दा यो लगानी ७० प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०७४|७५ मा प्रदेश ५ मा लगानीकर्ताहरुले ५३ नयाँ उद्योगहरुमा लगानी गरेका छन् ।

आर्थिक वर्ष ०७३|७४ मा ४३ नयाँ उद्योग दर्ता भएका थिए । उद्योगमा भएको कुल लगानीमध्ये ४ अर्ब ३८ करोड २९ लाख १० हजार ३ सय रुपैंयाँ (१२.९४ प्रतिशत) वैदेशिक लगानी रहेको छ । यो प्रदेश नं ५ का लागि हालसम्मकै उच्च लगानी हो । वैदेशिक लगानी गर्ने राष्ट्रमध्ये सबैभन्दा अगाडि भारत रहेको छ । प्रदेश नं ५ मा आ।व। ०७४|७५ मा २ अर्ब ९१ करोड २९ लाख १० हजार ५ सय रुपैंयाँ भारतीय लगानी भित्रिएको छ । प्रदेशमा चीन (ताईवान र हङकङसमेत) ले १ अर्ब ३५ करोड १० लाख रुपैंयाँ लगानी भित्राएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कमा छ ।

प्रदेश नं ५ का लागि चीनको यो लगानी हालसम्म कै उच्च हो । अन्य लगानी जापान, अमेरिका, डेनमार्क र सामोआजस्ता देशबाट आएका छन् ।

कुन जिल्लामा कति विदेशी लगानी ?

प्रदेश नं. ५ मा नवलपरासीमा सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । नवलपरासीमा ४३ परियोजनामा ५८७७.७६ मिलियन लगानी भित्रिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि दोस्रोमा रुपन्देही छ । रुपन्देहीका ५५ औद्योगिक परियोजनामा ५०९१.०५ मिलियन वैदेशिक लगानी भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पाल्पामा चारवटा परियोजनामा ३१७.८४ मिलियन रुपैयाँ वैदेशिक लगानी भएको र २७० जनाले रोजगारी पाएका छन् ।

यस्तै रोल्पामा ३ परियोजनामा २९ मिलियन, प्युठानमा २ वटा परियोजनामा ९० मिलियन, अर्घाखाँचीमा २ वटा परियोजनामा ४४९.६ मिलियन, बर्दियामा १७ परियोजनामा २०७ मिलियन, कपिलवस्तुमा १० परियोजनामा ३१७.८१ मिलियन वैदेशिक लगानी भएको मन्त्रालयका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए । नयाँ थपिएको लगानीमध्ये सबैभन्दा धेरै उत्पादन क्षेत्रको उद्योगमा लगानी भएको छ । रुपन्देहीका नयाँ उद्योगहरुमध्ये १५ ठूला, २३ मझौला र १३ ओटा साना उद्योगहरु रहेका छन् ।

उद्योग ऐन २०४९ ले ३ करोड रुपैंयाँ बराबरको अचल सम्पत्ति हुने उद्योगहरुलाई साना उद्योगको रुपमा वर्गाीकरण गरेको छ । त्यस्तै ३ करोडदेखि १० करोड सम्म अचल सम्पत्ति भएको उद्योगहरु मझौला हुन् भने त्योभन्दा माथिका सबै ठूला उद्योग हुने सो ऐनमा उल्लेख छ ।

आर्थिक वर्ष ०७३|७४ मा १५ वटा नयाँ उद्योगहरु दर्ता भएकामा एक वर्षपछि रुपन्देहीमा १७ वटा नयाँ उद्योग आएका छन् । रुपन्देहीमा नयाँ दर्ता भएका उद्योगहरुमध्ये ८ मझौला, ६ साना र ३ ठूला उद्योगहरु रहेका छन् । आव ०७४|७५मा नवलपरासीमा ६ ठूला, ५ मझौला र २ साना गरी १३ उद्योगहरु दर्ता भएका छन् ।

आ.व. ०७४|७५मा कपिलवस्तुमा तीन ठूला, तीन मझौला र एक साना उद्योग दर्ता भएका छन् । बाँके जिल्लामा एक ठूलो, ४ मझौला र एक सानो गरी ७ नयाँ उद्योगहरु दर्ता भएका छन् । त्यस्तै आव ०७४|७५मा बर्दिया जिल्लामा ३ साना उद्योगहरु मात्र दर्ता भएका मन्त्रालयको तथ्याङकमा छ ।

प्रदेश ५ मा गत आर्थिक वर्षमा उत्पादन क्षेत्रमा ३७ वटा नयाँ उद्योगहरु दर्ता भएका छन् । प्रदेश नं ५ मा ऊर्जा तथा कृषि र पशुपालन क्षेत्रका उद्योगमा तुलनात्मकरुपमा कम लगानी भएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष ०७४|७५ मा ती क्षेत्रमा २ ओटा मात्र उद्योग दर्ता भएका छन् । त्यस्तै पर्यटन क्षेत्रमा ६, सेवा क्षेत्रमा ६ होटल नयाँ उद्योगहरु दर्ता भएका छन् ।

 

स्रोत : अनलाईनखबर

  • १७ श्रावण २०७५, बिहीबार १५:४७ प्रकाशित
  • Nabintech