२१ फागुन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह शुक्रबार हुने भएको छ । दीक्षान्त समारोहमा ३ हजार ८४१ जना विद्यार्थी दीक्षित हुने ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सका डीन सह प्रा.डा. लीलाधर तिवारीले जानकारी दिए ।
दीक्षान्त समारोहबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डीन तिवारीले स्नातक तहमा २ हजार १८९, स्नातकोत्तरमा १ हजार ६३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी दीक्षित हुन लागेको बताए ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
उनका अनुसार सन् २०२२, २०२३ र २०२४ मा पास आउट भएका स्नातकबाट ३ हजार ८४१ जना दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा सहभागी हुन ८ सय ८५ जनाले मात्र फाराम भरेका थिए ।
स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनालाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनालाई उपकुलपति पदक प्रदान गरिने छ । त्यस्तै सबै ग्र्याजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिस्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना गरी ३५ जना विद्यार्थीहरूले प्रमाणपत्र सहित पदक पाउने डीन तिवारीले जानकारी दिए।
तेस्रो दीक्षान्त समारोह शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा हुने बताइएको छ । समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराई, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा.डा. महेन्द्र पी. लामा समेत दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
२०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ७ वटा केन्द्रीय विभाग छन् । विश्वविद्यालयमा ९ वटा विषयमा स्नातक तथा १३ विषयमा स्नातकोत्तर तहमा अध्यापन हुँदै आएको छ ।
     २१ फाल्गुन २०८१, बुधबार १४:०४ प्रकाशित