१३ बैशाख २०८१, बिहीबार
लेनदेन मिलाउन बाँकेमा श्रीमती र छोरीको अपहरण
  • काँचुली खबर

श्रीमानसँगको लेनदेनको हिसाब मिलाउनको लागि एक समूहले श्रीमती र छोरी अपहरण गरेको खुल्न आएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका-२ मदुईबाट बुधबार बिहान अज्ञात समूहले स्थानीय २९ वर्षिया यशोदा डाँगी र उनकी ८ वर्षकी छोरी स्मृती डाँगीलाई ५ जना पुरुष र ३ जना महिलाको समुहमा आई राती २ बजे घरबाटै नियन्त्रणमा लिएर दाङ्ग पु¥याएको जानकारी प्राप्त भएको छ ।
‘यशोदाका श्रीमानसँग लेनदेनको विषय रहेको र श्रीमान सम्पर्कमा न आएपछि छोरी र श्रीमतीलाई नियन्त्रणमा लिएपछी श्रीमान सम्पर्कमा आउछ भन्ने सोचाईका साथ घरैबाट उठाएर लगेका हुन’ स्थानीय स्रोतले भन्यो । यशोदाका श्रीमान लोकेन्द्र डाँगीसँगको लेनदेन कारोवार भएको कारण सो समुहले आफ्नो रकम असुल्नको लागि नै यशोदा र उनको छोरीको अपहरण गरेको स्रोतको दाबी छ ।
उनीहरु दाङबाट यशोदालाई लिनको लागि एम्बुलेन्स लिएर आएको स्थानीय प्रतक्षदर्शीको भनाई भए पनि प्रहरीले भने यसको पुस्टि गरेको छैन् । जमिनको कारोबारमा यशोदाको पति लोकेन्द्रसँगको लेनदेन भएपछि लामो समयदेखि नै लोकेन्द्र घरपरिवारको सम्पर्कमा समेत नभएको बताईएको छ ।
यशोदा र उनकी छोरी अपहरण परेपछि स्थानीयले यशोदाको मोबाईलमा फोन गर्दा फोन अर्कै महिलाले उठाएको र यशोदालाई लैजाने भए ३२ लाख लिएर बबई क्याम्पस नजिकै, तुल्सीपुरको बीपिचोक र तुल्सीपुर कै एक स्टेशनरीमा सम्पर्क गर्न आउनु भन्दै फोन काटेको स्रोतले जनायो ।
यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले लेनदेनको केसमा श्रीमानसँगको लेनदेनको पैसा असुल्नको लागि राती घरबाट २ बजे जबरजस्ती आमाछोरी उठाएर लगेको जानकारी आएपछि प्रहरीले सक्रियता जनाएर इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ्गको सहयोगमा सो कार्यमा संलग्न रहेका दुईजनालाई नियन्त्रणमा लिएको र बाँकीको खोज तलास भईरहेको जानकारी दिए । अपरहणमा परेका यशोदा र उनकी छोरी सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्रोत : सदरलाईन

  • १६ श्रावण २०७५, बुधबार २०:५८ प्रकाशित
  • Nabintech