बाँकेमा स्ट्रबेरीकाे व्यवसायीक खेति सुरू
  • काँचुली खबर

२९ माघ, काेहलपुर । बाँकेमा पहिलो पटक स्ट्रबेरीकाे (भुइँ ऐँसेलु) व्यावसायिक खेती सुरु भएको छ ।  बैजनाथ गाउँपालिका-१, च्यामागाउँका ४३ वर्षीय सर्पराज बस्नेतले दुई कट्ठा जग्गामा ‘क्यामारोसा’ जातको स्ट्रबेरी खेती सुरु गरेका हुन ।

भारतको पुणेबाट गत कात्तिकमा नौ हजार बिरुवा आयात गरेर रोपेका बस्नेतले ती बिरुवाले फल दिन सुरु गरेको जनाउँदै पहिलो सिजनमा नै राम्रो आम्दानी हुने सम्भावना देखेको बताए । बिरुवा रोपेको छ महिनाभित्र स्ट्रबेरीले फल दिन थाल्छ ।  उनले खेती सुरु गर्नुअघि कृषि विज्ञ डाक्टर शसन देवकोटा र दाङका कृषि व्यवसायी वीरेन्द्र खड्कासँग सल्लाह लिएको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उष्ण वातावरणमा यो खेती सफल हुनेबारे प्रारम्भिक शङ्का भए पनि मेहनत र उचित परामर्शले सफलता मिल्नेमा आफू विश्वस्त रहेको उनले बताए । स्ट्रबेरी खेतीमा नियमित स्याहार, माटोको गुणस्तर र सिँचाइ व्यवस्थापन जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव विज्ञबाट पाएको बस्नेतको भनाइ छ । उनले एक बोटबाट औसत आधा किलोदेखि पौने एक किलोसम्म उत्पादन लिन सकिने सम्भावना रहेको जानकारी पाएको बताए ।

स्ट्रबेरी खेती बाँकेमा पहिलो पटक गरिए पनि बस्नेतले पहिलो सिजनमा नै चार लाख रुपियाँ बचत गर्ने लक्ष्य राखेका छन । यसका साथै खेती सफल भएमा बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना बनाएका छन ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो खेती बाँके जिल्लाका लागि एकदमै नयाँ प्रयोग हो ।  माटोको उपयुक्तता र जलवायुको असरको गहिरो अध्ययन गरेर अघि बढेको हुँदा यो खेती सफल हुने सम्भावना धेरै देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

स्ट्रबेरी खेतीमा ध्यान दिनुपर्ने चुनौती भए पनि राम्रो बजार मूल्य, उपभोक्ताको माग र उत्पादनबाट हुने आम्दानीले यसलाई आकर्षक बनाएको बस्नेतको भनाइ छ ।

  • २९ माघ २०८१, मंगलवार ०९:०२ प्रकाशित
  • Nabintech