१३ बैशाख २०८१, बिहीबार
जेष्ठ नागरिकहरुको आश्रयस्थल बन्दै नीलसागर
  • काँचुली खबर

असाहय अशक्त तथा जेष्ठ नागरिकहरुकालागि नीलसागर पुर्नस्थापना केन्द्र आशाको केन्द्र बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका शान्तिनगरमा रहेको असाहय अशक्त तथा जेष्ठ नागरिक पुनः स्थापना केन्द्रमा हाल ३५ जना अनाथ तथा बृद्धबृद्धाले आश्रय लिईरहेका छन् ।
पुनस्थापना केन्द्रमा हाल तीन बर्ष देखि १२ बर्षसम्मका आठ जना बालबालिका तथा २७ जना वृद्धवृद्धा रहेको पुनस्थापना केन्द्रले जनाएको छ । शारिरीक अशक्त, एकल महिला, अनाथ बालबालिकाको आशाको केन्द्र बनेको निलसागर बृद्धाआश्रमकी सेवक शान्ति आमात्यले बताईन ।
निलसागर पुनस्थापना केन्द्रमा बाँके, बर्दिया, सल्यान, सुर्खेत, जुम्ला तथा जाजरकोट लगायत विभिन्न जिल्लाको वृद्धवृद्धा आश्रय लिएर बसेका छन । पुर्नस्थापना केन्द्र स्थापना गर्दा शुरुमा कठिन भए पनि अहिले सबैको सुबेक्षाका कारण सजिलो भएको बताउँछिन असाहय अशक्त तथा जेष्ठ नागरिक पुर्नस्थापना केन्द्र नीलसागरकी अध्यक्ष सरिता खनाल ।
विगत २ बर्ष देखि पुर्नस्थापना केन्द्रको संरक्षणमा बस्दै आएकी सुर्खेतकी एक वृद्धाले ५÷६ वर्ष पहिले आफु माग्दै हिड्ने गरेकोमा पछिल्लो समय नीलसारबाट नयाँ जिवन पाएको बताईन । उक्त केन्द्रमा अहिले ७५ जना वृद्धवृद्धालाई राखिएको छ ।

  • १६ श्रावण २०७५, बुधबार २०:२३ प्रकाशित
  • Nabintech