२७ माघ, काेहलपुर । सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । भेरी नगरपालिका-५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज शिक्षण अस्पताल काेहलपुर ल्याईएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार उक्त दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरीका अनुसार बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको थियो ।
अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको डीएसपी विश्वकर्माले बताए । बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
२७ माघ २०८१, आईतवार २१:०० प्रकाशित