१२ बैशाख २०८१, बुधबार
सार्वजनिक सुनवाई कार्यक्रम सम्पन
  • काँचुली खबर

बैजनाथ गाउपाँलिका वडा न. १ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन गरिएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधा विषयमा सार्वजनिक सुनवाईको आयोजना गरिएको थियो ।
आव ०७४|०७५ मा गरेका क्रियाकलापबारे जवाफदेही वक्ता तथा वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सुनवाईमा वडा सचिव कृष्ण प्रसाद उपाध्यले स्वागत तथा सार्वजनिक सुनवाईको औचित्य बारे प्रस्ट्याएका थिए । कार्यक्रममा विभिन्न बुदाहरुमा प्रतिवद्धताहरु जवाफदेही बक्ताहरुले गरे ।
जवाफदेही वक्ताहरुले आगामी भद्र अन्तिममा सम्ममा नागरिक वडा पत्र , उजुरी पेटेका सूचना अधिकारी लगाएत ५ बुँदे प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रम उत्पीडित सामुदायिक विकास केन्द्र बाँके ले सहजीकरण गरेको थियो । सार्वजनिक सुनवाईमा विभिन्न क्षेत्र तथा स्थानीय गरी १ सय १० भन्दा बढीको सहभागिता रहेको थियो ।

  • १६ श्रावण २०७५, बुधबार १८:२९ प्रकाशित
  • Nabintech