२४ पुस, नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँकेले चार जना पत्रकारलाई सम्मान गरेकाे छ । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाँकेको सातौ जिल्ला अधिवेशनको अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको हाे ।
बुधबार सम्पन्न अधिवेशनमा बिरमी-चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार-२०८१, क्रान्तिकारी पत्रकारिता पुरस्कार-२०८१ र सुशिल संघर्षशील पुरस्कार-२०८१ पुरस्कारबाट चार जना पत्रकारलाई पुरस्कृत गरिएको संगठनकाअध्यक्ष राजेश आचार्यले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आचार्यका अनुसार प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डा. डक्ट प्रसाद धिताललाई “क्रान्तिकारी पत्रकारिता पुरस्कार-२०८१” प्रदान गरिएको छ । त्यसैगरी “सुुशील संघर्षशील पत्रकारिता पुरस्कार-२०८१” प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शिव कुुमार सुुनारलाई प्रदान गरिएको छ ।
यसैगरी दुईजना महिला पत्रकारलाई “बिरमी-चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार-२०८१” प्रदान गरीएकाे छ । जनही पाँच हजारसहित प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिकी सचिव शान्ति सुनार र प्रेस सेन्टर नेपाल नेपालगन्ज नगर कार्यसमितिकी उपाध्यक्ष सविता चन्द पुरस्कृत भएका छन ।
कार्यक्रमकाे उद्घाटन सत्रमा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानले प्रेस सेन्टर देशभर अधिवेशनको संघारमा रहेको बताए । विचारलाई बलियो बनाउँदै शसक्त रूपमा कलम चलाउनको लागि संगठनमा आवद्ध सदस्यहरूको क्षमता विकास गर्न आवश्यक रहेको बताउदै उनले समयसापेक्ष रूपमा प्रेस सेन्टर नेपालले समाज परिवर्तमा उल्लेख्य भुमिका खेल्दै आएकाे दावि गरे ।
नेकपा (माओवादी केन्द्र) समन्वय समिति बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले श्रमजीवीहरूको पक्षमा कलम चलाउन अपील गरे । संगठनलाई अझै शसक्त बनाउनुपर्नेमा उनले जाेड दिए ।
उक्त अवसरमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चाैतारी बाँकेका अध्यक्ष दुर्गा राेकाय लगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२४ पुष २०८१, बुधबार २२:२४ प्रकाशित