१४ बैशाख २०८१, शुक्रबार
‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’ छनौट
  • काँचुली खबर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष रेडियो सद्भाव नेपालगन्जमा कार्यरत विमला चौधरी छनोट भएकी छन । चौधरीसँगै अनलाईन बिधाबाट उजिर मगर, टेलिभिजनतर्फबाट भैरव आङला र छापामाध्यमको प्रतिनिधित्व गर्दै छेटु शेर्पा समेत छनोटमा परेका छन । पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको छ ।

पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह-२०७५’ कार्यक्रममा प्रदान गरिने छ । पुरस्कारको राशी जनही ४०,००० (चालिस हजार हरुपैयाँ) रहेको फोनिले जनाएको छ । स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम साउन २७ गते अपरान्ह १ बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिने जनाएको छ ।
२०६२ सालदेखि पत्रकारीता सुरु गर्नु भएका विमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी र हाल नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारीता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।


त्यस्तै २०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारीता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरेको र हाल एभरेष्ट दैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन ।
पत्रकार भैरव आङ्लाले २०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारीता सुरु गरेका थिए । उनले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत योगदान पुर्याउँदै आएका छन ।
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारीता सुरु गरेका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेको फोनिजको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

  • १५ श्रावण २०७५, मंगलवार २०:३० प्रकाशित
  • Nabintech